• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमाले फुटाउन अध्यादेश ल्याउने सरकारको तयारी, दुवै पक्ष अन्तिम कसरतमा


  •   मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) फुटाउन सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने प्रावधान हटाएर दुईमध्ये एकमा २५ देखि ३० प्रतिशत भए पुग्ने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा सरकार लागेको छ ।

    Advertisement

    संसद अधिवेशन अन्त्य गरेर सरकारले एमालेलाई फुटाउने योजना सहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि राजनीतिक वृत्तमा तरंग आएको छ ।

    विभाजनविरुद्ध उभिन ओलीको अपिल
    अध्यादेश ल्याउने थाहा पाएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुलाई बालकोटमा बोलाएर बैठक गर्नुभएको थियो । पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरूसँगको बैठकपछि ओलीले सोमवार राति नै दुई पृष्ठ लामो पाँच बुँदे विज्ञप्ति सार्वजनिक गर्नुभएको छ ।

    अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, ‘एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना मान्य हुन सक्तैन ।’

    उहाँले विसं २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई एकताबद्ध राख्न हरसम्भव कोसिस गरेको उल्लेख गर्दै त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विरासतसहितको एकीकृत पार्टीका रूपमा विकास गर्न केन्द्रित भएको बताउनुभएको छ ।

    एमालेलाई एकीकृत गर्ने क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको र उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको उल्लेख गर्नुभएको छ ।

    उहाँले क्रान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको उल्लेख गर्दै यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न नेता, कार्यकर्तालाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्नुहुन अपिलसमेत गर्नुभएको छ ।

    उहाँले आफू पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, समभावमा विश्वास गर्दै सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनुपर्दछ भन्ने मानेको समेत बताउनुभयो ।

    ‘पार्टीलाई अनुशासित, एकताबद्ध एवं गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चि गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई आह्वान गर्दछु’, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ’पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत आफूसम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु ।’

    एकै दिन दुई बैठक
    दल विभाजनसम्बन्धी अध्यादेश आउनै लाग्दा एमालेले आज एकै दिन स्थायी कमिटी र संसदीय दलको बैठक राख्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास (बालकोट) मा सोमबार रातिसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले स्थायी कमिटी र संसदीय दलका बैठक मंगलबार राख्ने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार स्थायी कमिटीको बैठक अहिले बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन तथा संसदीय दलको बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बस्नेछन्।

    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.