• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

बुद्धिष्ट सभ्यताको पुरातात्विक अन्वेषण र संरक्षण गर्न आवश्यक : दुर्गा पौडेल


  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले कपिलवस्तु र लुम्बिनीमा बुद्ध सभ्यता भन्दा पहिला पनि अन्य सभ्यता भएकोले त्यसको खोजी गरिनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    सोमबार प्रतिनिधि सभामा बोल्दै उहाँले ती सबै स्थानको अन्वेषण गरे कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई मिलाएर बुद्धिष्ट सभ्यताको विशाल शहर बनाउन सकिने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सांसद पौडेलले कपिलवस्तु, रुपन्देही र नवलपरासीका पूरातात्विक सभ्यताको खोजी गरे बुद्धिष्ट सभ्यताको विशाल शहर बन्ने तर्क समेत गर्नु भयो ।

    यस्तो छ सांसद पौडेलको मन्तव्यः
    सम्माननीय सभामुख महोदय,
    १. वर्तमान लुम्बिनी र तिलौराकोटको प्राचीन इतिहास अत्यन्त भव्य र गौरवमय छ ।

    २. तर शताब्दियौँसम्म ती दुबै स्थानहरु जङ्गलमा हराएपछि कैयौँ देशी र विदेशी शोधकर्ताहरुको अथक प्रयत्न पछि तिनीहरु प्रकाशमा आए र अहिले ती दुबै स्थानहरु अन्तराष्ट्रिय महत्वका पर्यटन केन्द्रहरु बनेका छन् ।

    ३. लुम्बिनी र तिलौराकोट दुवै ठाँउमा धेरै नै पुरातात्विक उत्खनन्को काम भएको छ र ती दुवै स्थानहरुको पुरानो इतिहास धेरै नै प्रकाशमा आएको छ । तर प्रश्न खाली लुम्बिनी र तीलौराकोटको मात्र होइन, कपिलवस्तु, रुपन्देही र नवलपरासीको देवदहसम्म बौद्धिष्ट सभ्यताका सयकडौँ स्थानहरु पाईन्छन् ।

    जस्तैकि निग्लिहवा, सगरहवा, कुदान, गोटिहवा, धानखोला, शिवगढी, सोनागढ, चनाघाट, खुरुरिया, बेदमौं, परशुरामपुर, पत्थरकोट, अमौली, कोपवा, बिकुली, श्रीनगरा, बेल्होवा, कोटहीकोट, जहादी, अरौराकोट, चेत्रादेइ, धम्निहवा, लोहसौडिया, रेहरा, औरहिया, रामघाट, डेरवा, पट्खहवा, आनन्दवाग, मुर्चहवा, बर्दहवा, लम्तिया, दलदलाहा, डङ्गरी, पिपरी, सिंहखोर, हर्देवा, बभनीकोट, हर्दाैना, कड्जहवा, दोहनी, सिसनीयाकोट, बेलुहवा, बिजुवा, मनखोरिया, धर्मपानीया, बिमियाकोट, मुडफुटुवा, दुईमुनिया, छोटी सिसनिया, बढी सिहनीया, सोहसयतरिया, परोरा, मनौरी, कालीदह, पैसीया, देवदह, बञ्जराही, निपनिया, पिपरहवा, पर्राेहा, सैनामैना, भुतकुवा, लक्ष्मीपुर आदि ।

    ४. कतिपय शोधकर्ताहरुले यो पनि विचार प्रकट गरेका छन् कि, रुपन्देही वा कपिलवस्तुमा बौद्ध सभ्यता भन्दा पहिलेका पनि कैयौं सभ्याताहरुका अवशेषहरु पाईन्छन् ।

    ५. ती सबै स्थानहरुको पुरातात्विक अन्वेषण र संरक्षण गर्ने हो भने कपिलवस्तु, रुपन्देही र नवलपरासीको पश्चिमी भागसम्मका सबै पुरातात्विक र ऐतिहासिक ठाउँहरुलाई मिलाएर बुद्धिष्ट सभ्यताको एउटा विसाल शहरको निर्माण हुन सक्नेछ ।

    ६. त्यो अन्तर्राष्ट्रिय महत्वको बुद्धिष्ट शहर बन्न जानेछ र पर्यटकिय दृषिकोणले पनि त्यो अन्राष्ट्रिय महत्वको पुरातात्विक शहर हुनेछ ।

    ७. त्यसको लागि एउटा विस्तृत डीपीआर तयार पारेर काम शुरु गर्नु पर्दछ ।

    ८. त्यस प्रकारको शहरको निर्माणको लागि ठुलो धनराशी र प्राविधिक ज्ञान आवश्यक हुनेछ ।

    ९. तर त्यो रकम जुटाउन कुनै खास कठिनाई हुनेछैन ।

    १०. एक पटक त्यो योजना वा डीपीआर तयार पारेपछि संयुक्त राष्ट्रसंघ र बिभिन्न बुद्ध धर्मावलम्बि देशहरुबाट त्यसका लागि आवश्यक रकम जुटाउन गाह्रो पर्नेछैन ।

    ११. त्यो शहरको नाम ग्रेटर लुम्बिनी, बुद्धभूमी वा अरु कुनै उपयुक्त नाम राख्न सकिनेछ ।

    १२. त्यस प्रकारको शहरको निर्माणको लागि विशेष ध्यान दिन मैले सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छु ।

    (२०७८ साउन ३२ गते प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संसदमा व्यक्त गर्नुभएको मन्तव्य)

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.