शिव पन्थी, प्युठान ।
प्युठानको स्वर्गद्वारी नगरपालिका वार्ड नं ८ दहचौरका लाल बहादुर पोख्रेल नेकपा (एमाले) परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । उहाँलाई एक कार्यक्रमको आयोजना गरी राजमोले पार्टी प्रवेश गराएको हो ।
Advertisement
लामो समयदेखि एमालेमा रहेर सक्रिय रहँदै आउनुभएका पोखरेलले सो पार्टीमा अनुशासनहीनता बढेको नीति र र सिद्धान्तभन्दा कुर्चीका लागि प्रतिष्पर्धा बढेको भन्दै एमालेमा बसिरहन उचित नलागेको बताउनु भयो ।
सदन, सड़क, स्थानीय विकास सबै ठाउँमा राम्रो छवी भएका कारण राजमो नै देश र जनताको भरोसायोग्य पार्टी भएकाले आफू राजमोमा समाहित भएको उहाँले बताउनुभयो । उहाँले अब आफू राजमोको संगठन विस्तारमा सक्रिय रहने पनि त्यस अवसरमा बताउनु भयो ।