• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुदूर पश्चिम प्रदेशको राजधानी धनगढी जलमग्न


  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
  • धनगढी । विगत दुई दिनदेखि भइरहेको अविरल वर्षासँगै सुदूर पश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी सहरसहित कैलाली जिल्लाको होचो भागका धेरै बस्ती जलमग्न भएका छन् ।

    Advertisement

    वर्षासँगै धनगढी उमहानगरपालिकाको बजार क्षेत्रका मुख्य र सहायक सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखा कार्यालयसहित अधिकांश कार्यालय परिसरमा दुई÷तीन फिटसम्म पानी जमेको छ ।

    बजार क्षेत्रको बिच भाग हुँदै उत्तरबाट दक्षिणतर्फ बग्ने कैलाली खोला र सुकुटी नालामा पानीको सतह बढ्दा आसपासका बस्तीमा समेत डुबानको जोखिम बढेको छ । नगर क्षेत्रको शिवनगर, विशालनगर, मिलनचोक, त्रिवेणीचोक, बैया बेहँडीलगायतका घना बस्तीमा घरभित्र पानी पसेर क्षति पुगेको छ ।

    वडा नं. ३ का बजिरसिंह धामीले डुबानसँगै घरभित्र पानी पस्दा मालसामान भिजेर क्षति पुगेको बताउनुभयो । पानीको उचित निकासको व्यवस्था बिना आफूखुशी ढङ्गले घर संरचना बनाउने गरिएका कारण धनगढीमा डुबानको समस्या बढ्दै गएको छ । यसबाहेक खोलानालाको जग्गासमेत मिच्ने प्रवृत्तिले खोलाको पानीसमेत बग्न नपाउँदा पनि डुबानको समस्या देखिने गरेको हो ।

    जिल्लाको शिवगङ्गा, मोहना र गौरीगङ्गालगायतका नदीमा पानीको सतह केही बढेको भए पनि मध्याह्नसम्म खतराको तहमा नपुगेको नदीमा पानीको बहाव मापन गर्न खटिएका गेजरिडरले बताएका छन् । पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीको बहाव मापन गर्न खटिनुभएका गेजरिडर मानबहादुर चौधरीले मोहनाको बाढीले कैलारी गाउँपालिकाको बिसनपुर गाउँमा पसाउन लागेको धानखेत डुबानमा परे पनि अहिले नै मानव बस्तीमा त्यस्तो ठुलो जोखिम नदेखिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘नदीमा पानीको सतह खतरा नजिक पुगेपछि यसको जानकारी तत्कालै तल्लो तटीय क्षेत्रका बासिन्दा र जिल्ला प्रशासन कार्यालयलाई सूचना गर्ने गरेका छौँ ।’

    कैलालीको भजनी, जानकीनगर, धनसिंहपुर, नारायणपुर, लालबोझी, पथरैयालगायतका होचो भूभागका बस्ती मोहना, कान्द्रा, काँडा, खुटियालगायतका नदीमा आउने बाढीका कारण बर्सेनि डुबानमा पर्ने गरेका छन् ।

    नदीमा पानीको बहाव बढ्दा डुबान र कटानको सम्भावित जोखिमबाट समुदायलाई जोगाउन जिल्लामा पूर्वसूचना प्रणाली लागु गरिएको छ ।

    पूर्वसूचना प्रणाली कार्यान्वयनमा आएसँगै जिल्लामा बाढी र डुबानजस्ता प्रकोपबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणमा टेवा पुगेको छ ।

    यो प्रणालीअन्तर्गत विभिन्न नदीको पानीको सतह मापन गर्न खटिने गेजरिडरले विभिन्न नदीमा बाढी डुबानको सम्भावित जोखिमबारेको पूर्वसूचना तल्लो तटीय क्षेत्रका समुदाय, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, नेपाल रेडक्रस सोसाइटी र जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित कार्यालयमा दिने गरेका छन् । यो प्रणालीअन्तर्गत जिल्लाका अधिकांश नदी किनारमा पानीको बहाव मापन गर्न गेजरिडर जडान गरिएको छ । वर्षा मापन र जल मापनका लागि जिल्लाभरि १६÷१७ ठाउँमा गेजरिडर कार्यरत रहेका छन् ।

    खासगरी उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली नदी र पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदी र उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, काँन्द्रा, काँडा, पथरैया, गौरीगङ्गा, मुढालगायतका नदीमा मनसुनी वर्षासँगै पानीको सतह बढ्दा नदी तटीय क्षेत्रमा जोखिम हुने गरेको छ । (रासस)

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.