रौतहट । राष्ट्रिय जनमोर्चा रौतहटले राजदेवी नगरपालिका–१ को मोतीपुरमा वडा समिति गठन गरेको छ । बुधबार सम्पन्न भेलाले ९ सदस्यीय वडा समिति गठन गरेको हो ।
Advertisement
समितिको अध्यक्षमा महमद अलाउदिन मिया, उपाध्यक्ष इन्द्रिश मिया, कोषाध्यक्ष राकमा खातुन र सचिवमा अमहद सराजुल रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा रोजीदन खातुन, राकेसाना खातुन सदस्य, वेगम खातुन, रामजनम चौधरी, नन्दलाल महतो हुनुहुन्छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हरिकिशोर महतो, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हृदयन नारायण साह, राजमो जिल्ला उपाध्यक्ष शेख अमिरुलले भेला सफलताको शुभकामना दिनु भएको थियो ।