काठमाडौं । पत्रकार मनोज विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत पत्रकार विष्टको उपचारकै क्रममा यही साउन २३ गते निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
Advertisement
महासंघले पत्रकार विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु पत्रकार गुमाएको महासंघले जनाएको छ।
महासंघका अनुसार कोरोनाकै कारण हालसम्म २१ जना पत्रकारको निधन भएको छ भने १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।
पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको भन्दै कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासंघले सबै पत्रकारमा अपिल गरेको छ ।