काठमाडौं । विश्व विद्यालयको परीक्षा दिने विद्यार्थीले खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षार्थीलाई खोपको व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।
Advertisement
प्रवेशपत्रका आधारमा काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्ध खोप प्राप्त गर्न सकिने बुधबार ट्वीट गर्दै मन्त्री श्रेष्ठले बताउनुभएको छ ।
यसबाहेक सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था गरिएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यार्थी संगठनहरूले विद्यार्थीलाई खोपको व्यवस्था गर्न र जारी परीक्षा स्थगित नगरी सूचारु राख्न माग गरेका छन् ।