काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थपिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकामा निषेधाज्ञा कडा बनाइने भएको छ ।
Advertisement
उपत्यकास्थित काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मङ्गलबार बसेको बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै राति ८ बजेपछि गाडी चल्न नदिने निर्णय लिएको छ ।
भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै निषेधाज्ञामा केही कडाइ गर्ने निर्णय गरिएको बताउनुभयो । कोरोनाको जोखिम झन् बढ्दै गएकाले यस्तो कदम चालिएको उहाँको भनाई छ ।