काठमाडौँ । अखिल (छैठौं) सहित पाँच विद्यार्थी सङ्गठनले परीक्षा दिने विद्यार्थी लाई छिटो कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउन माग गरेका छन् ।
Advertisement
२०७८ साउन २५ गते सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग पाँचै विद्यार्थी सङ्गठनका नेताहरूले भेट गरेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
अखिल (छैठौँ), नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले विद्यार्थीलाई तत्काल खोप लगाउन माग गरेका हुन्।
विद्यार्थी सङ्गठनको मागमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको ती सङ्गठनले जनाएका छन् ।
यस्तै, विद्यार्थी सङ्गठनले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गराउन पनि माग गरेका छन् ।

