• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

२७औँ विश्व आदिवासी दिवसप्रति अखिल नेपाल जनजाति सम्मेलनको शुभकामना


  •   सोमबार, साउन २५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । २७औँ विश्व आदिवासी दिवस (अगस्त ९) को अवसरमा अखिल नेपाल जनजाति सम्मेलनले शुभकामना सन्देश प्रवाह गरेको छ । आजै अर्थात् अगस्त ९ (२०७८ साउन २५ गते) का दिन सम्मेलनको तर्फबाट अध्यक्ष निमबहादुर बुढाथोकी मगरले शुभकामना सन्देश व्यक्त गर्नुभएको हो ।

    Advertisement

    शुभकामना सन्देशमा आज पनि विश्वभरिका आदिवासी जनजातिमाथि भेदभाव, उपेक्षा र असमान व्यवहार भइरहेको बताउँदै सही विचार र दृष्टिकोणको आधारमा मुक्ति–आन्दोलन अगाडि बढाउन आग्रह गरिएको छ ।

    नेपालको राजनीतिक परिस्थितिमा प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्न आग्रह गरिएको शुभकामना सन्देशको पूर्ण पाठ यस्तो छ–
    “आज अगस्त ९, २०२१ । सर्वप्रथम हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको तर्फबाट देशभित्र रहनुहुने र वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुग्नुभएका नेपाली आदिवासी जनजाति दाजुभाइ तथा दिदीबहिनीलाई विश्व आदिवासी दिवस–२०२१ को शुभकामना व्यक्त गर्न चाहान्छौँ, साथै उत्तरोत्तर प्रगतिको कमना पनि गर्न चाहान्छौँ ।

    संयुक्त राष्ट्र सङ्घद्वारा आयोजित मानवअधिकारको विश्व सम्मेलनको सुझावअनुसार १९९३ डिसेम्बर २१ का दिन संयुक्त राष्ट्र सङ्घको साधारण सभाको पारित प्रस्ताव नं ४८÷१६३ ले विश्वभरिका आदिवासी जनजातिको समस्याप्रति राज्यको ध्यानाकर्षण गर्नका लागि १९९५–२००४ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस घोषणा गरेको थियो । त्यसका साथै डिसेम्बर २३, १९९४ का दिन राष्ट्र सङ्घको साधारण सभाको पारित प्रस्ताव नं ४९÷२१४ ले अगस्त ९ को दिनलाई विश्व आदिवासी जनजाति दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेको थियो । त्यो राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्अन्तर्गत मानवअधिकार संरक्षण तथा सम्बद्र्धन उपआयोगले आदिवासी जनजाति मामिला हेर्ने कार्यदल गठन गरेको थियो । त्यो कार्यदलको औपचारिक बैठक अगस्त ९ मा बसेको दिनलाई महत्त्व दिँदै विश्व आदिवासी जनजाति दिवस मनाउने क्रम विश्वभर प्रचलनमा रहेको छ । त्यही अवसरमा नेपालमा पनि सदा जस्तै विविध कार्यक्रमसहित आयोजना गरी “२७औँ विश्व आदिवासी दिवस मनाउने गइरहेको सन्देश देशभित्र र विश्वका विभिन्न कुनाकाप्चामा रोजगारी वा अन्य व्यवसाय गरी बसिरहनुभएका आम नेपाली आदिवासी जनजाति दाजुभाइ, दिदीबहिनीलाई दिन पाउँदा अखिल नेपाल जनजाति सम्मेलन अत्यन्त हर्षको अनुभूति गर्दछ ।

    नेपालको आदिवासी जनजाति समस्या सिङ्गो राष्ट्रको समस्या हो । अझै पनि राज्यले आदिवासी जनजातिमाथि लामो समयदेखि भेदभाव, उपेक्षा र असमान व्यवहार गर्दै आइरहेकाले समस्या झन् जटिल बन्दै गइरहेको छ । यस्तो अवस्थामा हामी आदिवासी जनजातिहरू सही विचार, सही दृष्टिकोणको आधारमा आफ्नो मुक्तिउत्थानका लागि सचेत र सङ्गठित हुनु आजको प्रमुख आवश्यकता भएको छ । नेपालका हामी जनजातिहरू विविध कारणले विशेष गरी रोजगारीको सिलसिलामा विश्वका धेरै देशमा पुगेका छौँ । हामी जहाँ पुगका छौँ, त्यहाँ पनि हाम्रो आफ्नो हक, अधिकार र समस्या समाधानका लागि सचेत र सङ्गठित हुन जरुरी छ । नेपालका आदिवासी जनजातिको समस्याबारे विश्व आदिवासी जनजाति तथा अन्तर्राष्ट्रिय समुदायलाई पनि परिचित गराउँदै उनीहरूसँग सम्पर्क, समन्वय र ऐक्यबद्धता कायम गर्नुपर्ने आवश्यकता छ ।

    नेपालका जनजाति विश्वका जुनसुकै ठाउँमा पुगे पनि उनीहरूको सम्बन्ध र समस्याको बारेमा नेपालसँग जोडिएको हुन्छ । त्यसैले नेपालको जुनसुकै राजनीतिक परिस्थिति र आदिवासी जनजातिको समस्या समाधानको दिशामा हुने सकारात्मक प्रयत्न र आन्दोलनसँग जीवित सम्पर्क र सम्बन्ध राख्नका लागि विशेष ध्यान दिन आग्रह गर्न चाहान्छौँ ।

    अहिले नेपालको राजनीतिक परिस्थिति प्रतिनिधि सभा पुनस्र्थापना भई सही ट्रयाकमा आएको छ । प्रतिगमनलाई पराजित गर्न जनताद्वारा प्राप्त उपलब्धिलाई समाप्त गर्न फेरि पनि प्रतिगामी तत्त्वहरूले कोसिस गर्ने छन् । अहिले प्राप्त उपलब्धि रक्षाका लागि अझै उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । नेपालका आदिवासी जनजातिलाई पनि धर्म निरपेक्षता, समानुपातिक समावेशीजस्ता यी उपलब्धिको रक्षा गर्नका लािग एकजुट भएर प्रतिगमन विरुद्ध लड्न आह्वान गर्दछौँ ।

    विश्वव्यापी कोरोना अब मानव समुदायका लागि थपिएको रोग हो । यसबाट आफै सचेत बन्न खोप लगाएर सुरक्षित हुनु र स्वास्थ्य मापदण्ड अपनाउनु अब एक मात्र विकल्प हो भन्ने आह्वान गर्दै देशविदेशमा रहनुभएका आदिवासी जनजाति दाजुभाइ, दिदीबहिनी सबैलाई २७औँ विश्व आदिवासी दिवस–२०२१ को सन्दर्भमा पुनः शुभकामना सन्देश दिन चाहान्छौँ ।”

    सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.