• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनजाति सम्मेलनको महासचिवमा अमरध्वज राना


  •   शनिबार, साउन २३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको महासचिवमा प्युठानका अमरध्वज राना चयन हुनुभएको छ । सम्मेलनको केन्द्रीय समितिको बैठकले रानालाई महासचिव चयन गरेको हो ।

    Advertisement

    त्यस्तै, बैठकले उपाध्यक्षमा दाङका रमेशमान गुरुङलाई उपाध्यक्षमा चयन गरेको छ ।

    ढिलो गरी प्राप्त समाचारअनुसार बैठकले सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनस्र्थापनासम्बन्धी फैसलाको स्वागत, कोभिडको खोपको तुरुन्त आपूर्ति, राष्ट्रिय जनगणना–२०७८ लाई सहयोगलगायत निर्णय गरेको छ ।

    बैठकपछि अध्यक्ष निमबहादुर बुढाथोकीले जारी गर्नुभएको प्रेसविज्ञप्ति यस्तो छ–
    “अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक समितिका अध्यक्ष श्री निमबहादुर बुढाथोकी मगरको अध्यक्षतामा २०७८ साउन ७ गते सम्पन्न भयो । बैठकले गरेका निर्णय सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

    बैठकमा वर्तमान राजनैतिक परिस्थिति, कोभिड–१९ र खोपको बारेमा छलफल भयो । दुई दुई पटक संसद विघटन गरेर केपी शर्मा ओलीले आफ्नो प्रतिगामी कदमलाई आफू संविधानभन्दा माथि रहन खोजी गलत असंवैधानिक अलोकतान्त्रिक कार्य गरेको भन्दै गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने सर्वोच्चले जुन फैसला ग¥यो, त्यसलाई बैठकले स्वागत गरेको छ ।

    फैसलाले संविधानको रक्षा नेपालको राजनीतिक परिस्थितिलाई सही ट्रयाकमा ल्याएको छ । यसमा टोली र प्रतिगामी शक्तिकेन्द्रले संविधान मास्न खोज्ने जोकोहीका लागि पनि गतिलो शिक्षा बनेको छ । संसद विघटन गर्नु सामान्य त्रुटि मात्र थिएन, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षतामाथिको ठुलो प्रहार थियो । ओलीसहित संविधानभन्दा माथि कोही पनि जानु हुन्न भन्ने दरिलो शिक्षा पनि सर्वोच्चले सबै राजनीतिकर्मीलाई दिएको छ ।

    बैठकले कोरोना भाइरस (कोभिड–१९) को पहिलो, दोस्रो चरणका लहरमा फैलिएको नयाँ भेरियन्टले हजारौँ नागरिकको ज्यान लियो ।

    सङ्क्रमणले छिटो असर गर्ने हुँदा लक्षणसहितका सङ्क्रमितसँगै मृतकको सङ्ख्या उच्च भयो । कोरोना भाइरसको तेस्रो भेरियन्ट पनि आउने सम्भावना छ । कोरोना भाइरस अब मानवका लागि थपिएको रोग हो । यसबाट आफै सचेत बन्नु, सुरक्षित हुनु र स्वास्थ्य मापदण्ड अपनाउनु अबको एक मात्र विकल्प हो । सरकारले छिटोभन्दा छिटो सम्पूर्ण नागरिकलाई सुरक्षित राख्न खोप खरिद गरेर हुन्छ कि मित्रराष्ट्रसँग सहयोग मागेर हुन्छ, खोपको लागि ज्यान दिन बैठकले सरकारसँग माग राख्दछ ।

    बैठकले आगामी २०७८ सालमा हुने बाह्रौँ राष्ट्रिय जनगणनाबारे पनि छलफल ग¥यो । नेपालमा विभिन्न जातजातिहरू को, कहाँ, कति छन् भन्ने तथ्याङ्कको आधार राष्ट्रिय जनगणना नै हो । त्यसैले प्रत्येक १०÷१० वर्षमा हुने राष्ट्रिय जनगणनाले आम रूपमा सर्वसाधारणको जीवनका हरेक क्षेत्रमा अल्पकालीन वा दीर्घकालीन विकासका लागि सरकारले बनाउने नीति योजना तथा कार्यक्रमलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्क उपलब्ध गराउँछ । २०७८ मा हुने राष्ट्रिय जनगणनामा कुनै पनि नेपाली नछुटौँ र कोही नदोहोरिउन्, विदेशीहरू नेपालीको रूपमा गणना नगरौँ भन्नेतर्फ ध्यान दिँदै अखिल नेपाल जनजाति सम्मेलनको तर्फबाट स्थानीय वडा, गाउँपालिका, नगरपालिका, प्रदेशमा खटिआउने गणक र सुपरीवेक्षकलाई सहयोग गर्ने निर्णय गरेको छ ।

    बैठकले आगामी २७औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भव्य रूपमा विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । त्यसअन्तर्गत प्रदेश समिति आयोजक बनी लुम्बिनी प्रदेशको बुटवल, गण्डकी प्रदेशको पोखरा र बागमती प्रदेशको काठमाडौँमा र अन्य प्रदेश र जिल्ला समितिले पनि मनाउने निर्णय भयो ।

    नवलपरासी, नवलपुर, रोल्पा र काठमाडौँ जिल्लाको अधिवेशन गर्ने निर्णय भएको छ ।

    बैठकले समितिका रिक्त रहेको उपाध्यक्ष र महासचिव पदमा क्रमशः रमेशमान गुरुङ (दाङ), अमरध्वज राना (प्युठान) लाई नियुक्त गरेको छ ।

    जनजाति सम्मेलनका पूर्व महासचिव हेमप्रसाद पुनको स्मृतिदिवस मनाउने र उहाँको स्मृतिग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ । त्यसका साथै पूर्व केन्द्रीय सल्लाहकार टेकबहादुर आलेको स्मृतिदिवस मनाउने पनि निर्णय गरेको छ ।”

    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.