• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महाकाली प्रकरणमा भारतले क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ


  •   बुधबार, साउन २०, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गर्नुभएको छ ।

    Advertisement

    २०७८ साउन २० गते राष्ट्रियसभा बैठकको विशेष समयमा प्रवक्ता श्रेष्ठले तथ्यहरूले भारतीय सीमा सुरक्षा बलका व्यक्तिले तुइनको तार काटिदिएका कारण धामी नदीमा बेपत्ता भएको देखाएको दाबी गर्नुभयो । उहाँले उक्त घटना अमानवीय र क्रुर भएको भन्दै भत्र्सना पनि गर्नुभयो ।

    ‘उक्त घटनाका निम्ति भारतले अविलम्ब सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ’ नेता श्रेष्ठले भन्नुभयो– ’दोषीमाथि तत्काल कडा कारवाही गर्न र अबका दिनमा यस्तो प्रवृत्ति नदोहो¥याउन जोडदार माग गर्दछु ।’

    उहाँले उक्त घटनाका सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आवश्यक कदम चाल्ने दृढता प्रकट गरेकामा सरकारको सराहना गर्नुभयो । उहाँले छानबिन समितिको रिपोर्ट छिटो ल्याई दोषीमाथि कारवाहीका लागि भारत सरकारसँग माग गर्न र पीडित परिवारलाई उचित राहत दिन सरकारसँग माग गर्नुभयो ।

    भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको र सबै समस्या कूटनीतिक ढङ्गबाट सकारात्मक रूपमा समाधान गर्ने पक्षमा रहेको जानकारी गराउँदै नेता श्रेष्ठले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता विरुद्ध हेपाहा व्यवहार कदापि नसहने चेतावनी पनि दिनुभयो ।
    ‘त्यसका निम्ति जे गर्नुपर्छ, सबै गर्न नेपाली जनता तयार छन्’ उहाँले थप्नुभयो ।

    पटक पटक सीमामा अतिक्रमण गरिएको र विदेशीको तटबन्ध र बाँधका कारण कतिपय बस्ती डुबानमा परेरिरहेको सन्दर्भ जोड्दै श्रेष्ठले विदेशी हस्तक्षेप विरुद्ध एक हुन पनि राजनीतिक दललाई आग्रह गर्नुभयो ।

    उहाँले कतिपय असमान सन्धिसम्झौता लादिरहेको र आन्तरिक मामलामा हस्तक्षेप भइरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै राजनीतिक दललाई आफ्नो स्वार्थका निम्ति विदेशी हस्तक्षेपमा चुप लागेर नबस्न अनुरोध पनि गर्नुभयो ।

    उहाँले नेपालको प्राकृतिक स्रोतसम्पदा पारस्परिक हितका निम्ति उपयोग गर्नुपर्नेमा विदेशीले आफ्नो हितलाई मात्रै ध्यानमा राखेर स्रोतलाई दमन गरिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यस्ता सबै प्रवृत्तिप्रति सचेत हुँदै त्यस विरुद्धको सङ्घर्षलाई सफलतामा पु¥याउनेमा दृढता व्यक्त गर्नुभयो ।

    नेपालमा आन्तरिक रूपमा पार्टीबिच केही विवाद रहेको स्वीकार गर्दै नेता श्रेष्ठले भन्नुभयो– ‘आवश्यक पर्दा नेपाली जनता र राजनीतिक दल राष्ट्रियताको पक्षमा एक ढिक्का भएका छन् र अब पनि एक ढिक्का हुन्छन्, नेपालप्रति दुव्र्यवहार गर्ने काम कसैले नगरोस् ।’

    संविधान र लोकतन्त्रको पक्षमा सचेत हुँदै अघि बढ्न र अलोकतान्त्रिक, निरंकुश, व्यक्तिवादी र भ्रष्ट प्रवृत्ति अन्त्य भइनसकेकाले त्यसप्रति गम्भीरतापूर्वक सोच्न सबै राजनीतिक दल र सरकारसँग आग्रह गर्नुभयो ।

    त्यस्तै, सत्तारूढ नेपाली काङ्ग्रेसकी सांसद अनिता देवकोटाले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा ३३ वर्षीय धामी बेपत्ता भएको प्रकरणमा स्पष्ट जवाफ दिन माग गर्नुभयो ।

    काङ्ग्रेसका अर्का सांसद रमेशजङ्ग रायमाझीले अझै धेरै ठाउँमा तुइन यथावत रहेको र महाकालीमा मात्रै सात वटा तुइन बाँकी रहेको जानकारी गराउँदै तुइन तर्दा धामी नदीमा बेपत्ता भएको घटना स्मरण गराउनुभयो ।

    बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.