• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो बैतडीका पूर्वअध्यक्ष मडै मूल घरमै फिर्ता


  •   मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा बैतडीका पूर्वअध्यक्ष अर्जुनसिंह मडै पूनः मूल घर राष्ट्रिय जनमोर्चामै फिर्ता हुनुभएको छ । केही वर्षअघि राजमो छोडेर तत्कालिन नेकपामा प्रवेश गरेका मडै हाल नेकपा (माओवादी) केन्द्रमा सक्रिय हुनुहुन्थ्यो ।

    Advertisement

    तत्कालिन नेकपाले देश र जनताका लागि राम्रो काम गर्ने उत्साहले त्यहाँ प्रवेश गरेको बताउने मडैले एमाले र माओवादीको वास्तविक चरित्र छर्लङ्ग भएपछि त्यहाँ बस्न उचित नलागेर राष्ट्रिय जनमोर्चामै फिर्ता भएको बताउनुभएको छ ।

    युगदर्शनसँगको सम्पर्कमा उहाँले भन्नुभयो, ‘नेकपा बनेपछि देश र जनताको भलो हुने सोचेर त्यहाँ गएको थिएँ । तर, एमाले र माओवादीभित्र त पैसा कमाउने, भ्रष्टाचार गर्ने र आफू र आफ्ना आसेपासेलाई सेवा सुविधा, मोजमस्तीका लागि प्रतिष्पर्धा नै हुने रहेछ । राष्ट्रिय जनमोर्चाको स्कुलिङमा राजनीति सिकेको मेरो लागि त्यो सह्य भएन र माओवादी छोडेँ ।’

    नेता मडैले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी आफू पुरानै घरमा फर्किएको र स्पष्ट पार्नुभएको छ ।

    विज्ञप्तिमा भनिएको छ,

    ‘म लामो समयसम्म राष्ट्रिय जनमोर्चामा कार्यरत रही बैतडी जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालेको थिएँ । त्यस क्रममा गएको निर्वाचनमा बैतडी जिल्लाबाट प्रदेश सभा सदस्यको रुपमा उम्मेदवारीसमेत दिएको थिएँ । निर्वाचनपछि तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर करिब दुई तिहाईको वामपन्थी सरकार निर्माण भयो । ती दुवै पार्टी एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रति आम जनताको जस्तै मेरो पनि ठूलो भरोसा थियो र त्यसप्रति मेरो आकर्षण बढ्यो । र, मैले राष्ट्रिय जनमोर्चा परित्याग गरी नेकपामा प्रवेश गरेँ ।

    तर, राष्ट्रिय जनमोर्चा परित्याग गर्नु मेरो भूल थियो । वास्तवमा नेकपा नीति, सिद्धान्त, संगठनात्मक पद्धती, अनुशासन सबै भद्रगोल रहेछ । देश र जनताको पक्षमा काम गर्नु भन्दा राजनीतिलाई कमाउ धन्दा बनाउने प्रतिष्पर्धा नै हुने रहेछ । भ्रष्टाचार गरेरै भएपनि सम्पत्ती कमाउने, आफ्ना आफन्त तथा आसेपासेहरूलाई पोस्ने कार्यमै नेता कार्यकर्तारूको ध्यान देखिन्छ । सोही कारण दुई तिहाईको जनमत लत्याएर सरकारसमेत असफल भयो ।

    नेकपा विघटन भएपछि म माओवादी केन्द्रतिर लागेपनि सो समूहसँग मेरो विचार मिल्न सकेन । र, मैले सो समूह परित्याग गरेँ । पछि राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आफू पुनः मूल घरमै फर्कन चाहेको जानकारी गराएँ । म जस्तै भ्रमवस विभिन्न समूहमा रहेका देशभक्त तथा क्रान्तिकारी साथीहरूलाई विगतमा गरेको गल्ती सच्याउँदै राष्ट्रिय जनमोर्चामै आवद्ध हुन र देश र जनताको पक्षमा क्रियाशील हुन आव्हान गर्दछु ।

    अर्जुनसिंह मडै
    बैतडी
    २०७८/०४/१९

    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.