धनगढी । अखिल नेपाल युवक संघ सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ । भेलाको सोमबार अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले उद्घाटन गर्नुभयो ।
Advertisement
‘स्थानीय तहको अधिकार र बजेट वृद्धि गर ! संघीयता खारेज गर, राष्ट्रघाती नागरिकता ऐन खारेज गर !’ भन्ने मूल नाराका साथ चौथो प्रदेश भेला हुन लागेको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट, राजमो कैलालीका पूर्व अध्यक्ष लक्षीराम आचार्य, डोटीका सचिव केशवनाथ योगी लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको युवक संघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।


