खिमबहादुर विक, हैदरावाद (भारत) ।।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, भिलाई नगर समितिका संस्थापक सदस्य पूर्णबहादुर सोनीको ८१ वर्षको उमेरमा निधन भएको छ ।
Advertisement
भारत छत्तिसगढ प्रान्तअन्तर्गत भिलाई सहरमा नोकरीपेसा गर्नुभएका सोनीको जुलाई २३, २०२१ का हिद हृदयाघातबाट निधन भएको हो ।
प्युठान जिल्ला झिमरुक गाउँपालिका–७ कुता स्थायी घर भएका सोनी कपिलवस्तु चन्द्रौटामा बसाइँसराइ गर्नुभएको थियो ।
लामो समयदेखि अस्वस्थ सोनी एक कर्मठ समाजसेवी तथा समतामूलक समाज निर्माणका अथक यात्री हुनुहुन्थ्यो । भारतमा एकता समाजको स्थापनालगत्तै भिलाई नगर समितिको स्थापनामा योगदान गर्नुभएका सोनी प्रगतिशील विचारले भरिपूर्ण हुनुहुन्थ्यो ।
उहाँका एक श्रीमतीसहित दुई छोरा रहेका छन् ।

