• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रियसभा सांसदको माग : सबै नागरिकलाई जतिसक्यो चाँडो खोप लगाऔँ


  •   बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरेका छन् ।

    Advertisement

    सङ्घीय संसद, राष्ट्रियसभाको २०७८ साउन ७ गतेको बैठकको शून्य समयमा सांसदहरूले कोरोना बढेसँगै सुरु गरिएको बन्दाबन्दी खुकुलो भएसँगै भिडभाड बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै जतिसक्दो चाँडो सबै नागरिकलाई खोपको व्यवस्थ गर्न सरकारसँग आग्रह गरेका हुन् ।

    सांसद उदया शर्मा पौडेलले बन्दाबन्दी खुकुलो भएसँगै बढ्दै गएको भिडप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘भारतमा अहिले कोभिडबारे सतर्कता अपनाइएको छ, नेपालमा भिडभाड झन् बढेकोले चिन्ता बढाएको छ । सार्वजनिक यातायातमा स्यानिटाइजरको व्यवस्था छैन ।’

    सांसद जगप्रसाद शर्माले निजामती सेवा ऐन विधेयकमै थन्किदा लोकसेवा आयोगको काम अगाडि बढ्न नसकेको भन्दै विधेयक अगाडि बढाउनुपर्ने माग गर्नुभयो । उहाँले यस विषयमा विलम्ब गर्न नहुने बताउनुभयो ।

    राष्ट्रियसभाको विशेष समयमा सांसद रमेशजङ्ग रायमाझीले अन्य दलका कारणले भन्दा पनि दुईतिहाइको सरकार आफ्नै कारणले असफल भएको टिप्पणी गर्नुभयो ।

    सांसद रामनारायण विडारीले वर्तमान सरकारलाई विकास निर्माणका साथै किसान र मजदुरको पक्षमा काम गर्न आग्रह गर्नुभयो । उहाँले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताहरूले गरेको टिप्पणीले संवैधानिक नैतिकताको खाडल सिर्जना भएको टिप्पणी गर्नुभयो ।

    सांसद ठगेन्द्रप्रकाश पुरीले बजारमा वस्तु खरिद गर्दा उपभोक्ता ठगिने गरेको बताउँदै वस्तुको बिक्री–ण्वितरणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

    सांसद डा विमला राई पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्ने माग गर्नुभयो ।

    सांसद चक्रप्रसाद स्नेहीले भ्रष्टाचारको अन्त्य गर्दै देशैभरि भएका हत्या, हिंसा, बलात्कार रोक्नुपर्नेमा जोड दिनुभयो ।

    न्यायपरिषद्सम्बन्धी प्रतिवेदन पेस
    राष्ट्रियसभाको बैठकमा “न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन–२०७६/७७” पेस भएको छ ।

    धानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभएको हो ।

    बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७८” खारेजसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

    प्रतिनिधि सभाको अर्को बैठक यही साउन ८ गते दिउँसो १ बजे बस्ने छ ।

    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.