काठमाडौं । नेकपा (एमाले) की राष्ट्रिय सभा सांसद कोमल ओलीले केही दिनअघि राष्ट्रिय सभामा वाचन गरेको एउटा कविता विवादित बन्यो । कविताको यस्तो थियोः
बाँदरहरूको आफ्नो देश हुँदैन
बाँदरहरूको आफ्नो भेष हुँदैन
छेपाराजस्ता मौसमी रंग बदल्ने
बाँदरहरूको स्थायी परिवेश हुँदैन…..
एमाले अध्यक्ष केपी ओली पक्षकी सांसद कोमल वलीले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविरुद्ध व्यंग्य गर्न यो कविता वाचन गर्नुभएको थियो । नेपालविरुद्ध ओली पक्षको आक्रोश संसदमा मात्रै होइन सडकमा पनि पोखिइरहेको छ । सत्ताबाट हट्नुपरेको रिसमा मंगलबार काठमाडौंमा बाँदरे जुलुस नै निकाल्यो।
मुखमा कालो रङको बाँदरे मुकुन्डो लगाएका, पछाडि कागजको पुच्छर झुन्ड्याएका केही मानिस सडकमा देखापरे। चार हातखुट्टा टेकेर पुच्छर हल्लाउँदै ती ‘बाँदर’ले ओलीका पक्षमा र एमाले नेता नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध समेत जोडदार नारा लगाए।
माधव नेपाललाई ‘बाँदर’ सावित गर्न खोज्ने ओली पक्ष यतिबेला ‘ट्रोल’ को शिकार भएको छ । सामाजिक सञ्जालमा ओली पक्षको हर्कत अहिले मजाकको विषय बनेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ओली पक्षलाई नै बाँदरको संज्ञा दिएर हाँसो ठट्टा गरिरहेका छन् ।
कविता ठ्याक्कै मिल्ने प्रस्तुति 😂😂 pic.twitter.com/vZbo46Ufau
— अरबिन्द सिंह (@comradearbind) July 20, 2021