• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमालेमा दुई समूहको छुट्टाछुट्टै बैठक र भेला, दुवै समूह वारपारको तयारीमा


  •   मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
  • काठमाडौं । फुटको डिलमा पुगेको नेकपा (एमाले) को केपी ओली र माधव नेपाल समूहका नेताहरू छुट्टाछुट्टै बैठक र भेलामा जुटेका छन् । एमाले संस्थापन पक्ष (ओली) समूहको हिजोदेखि बसेको बैठक मंगलबार पनि जारी रह्यो भने वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरूको पनि भेला भएको छ ।

    Advertisement

    दुवै पक्ष अब वारपारको तयारीमा देखिएका छन् । ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपाललगायत २२ सांसदलाई २४ स्पष्टीकरण सोध्ने निर्णय गरेपनि स्पष्टीकरण सोध्नबाट भने हच्किएको छ । तर, दुवै पक्षका नेताहरूले छिटो फैसला गर्न र वारपार लगाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

    अन्यौलता छिटो हटाऔंः ओली पक्ष
    नेकपा(एमाले)का प्रदेश अध्यक्षहरूले पार्टी भित्र देखिएको अन्योलतालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन् । बसेकोे केन्द्रीय कमिटीको बैठकमा आ–आफ्नो प्रदेशको अवस्थाको बारेमा रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरूले एमालेभित्र देखिएको अन्यौलताले पार्टीलाई अगाडि बढाउन समस्या पर्ने भन्दै छिट्टै समाधान गरी लयमा फर्काउनुपर्ने बताएका हुन् ।

    मंगलबारको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, कर्णाली अध्यक्ष गोरख बोगटी, लुम्बिनी अध्यक्ष लिला गिरी, गण्डकी अध्यक्ष जगत विश्वकर्मा, बागमती अध्यक्ष आनन्द पोखरेल, प्रदेश २ अध्यक्ष ज्वालाकुमारी साह र प्रदेश १ अध्यक्ष देवराज घिमिरेले आ–आफ्नो प्रदेशको संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था र पार्टी गतिविधिको सम्बन्धमा रिर्पोटिङ गर्नुभएको प्रवक्ता प्रदीपकुुमार ज्ञवालीले बताउनुभयो ।

    प्रदेश अध्यक्षहरुले पार्टीबाट केही नेताहरु बाहिरिएभने त्यसको प्रभावहरु के पर्न सक्छन् र आसन्न निर्वाचनमा नेकपा(एमाले)को अवस्था कस्तो हुन सक्छ भन्ने सम्बन्धमा पनि रिर्पोटिङ गरेको उहाँले बताउनुभयो । प्रदेश अध्यक्षहरुले प्रशिक्षण कार्यक्रम गरिनुपर्ने र आफुभित्र भएका कमी कमजोरीहरुको पनि आत्मसमिक्षा गर्नुपर्ने सुझाव दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । २२ एमाले सांसदलाई सोधिएको चौविस घण्टे स्पष्टीकरणको सम्बन्धमा बैठकले कुनै निर्णय नगरेको र सांसदको हातमा पत्र पुगेपछिको २४ घण्टाभित्र स्पष्टिकरण बुझाउनुपर्ने उहाँले बताउनुभयो ।

    सांसदको संख्या बढाउने नेपाल पक्षको रणनीति
    यता वरिष्ठ नेता (माधव नेपाल पक्ष) का सांसदको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको छ । मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताउनुभयो । उहाँले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताउनुभयो ।

    ‘हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ’ सांसद खतिवडाले भन्नुभयो, ‘हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ ।’

    अहिले चलाइएका प्रपोगाण्डा मिडिया खपथको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले २२ जनालाई २४ घण्टे स्पष्टिकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको बताउनुभयो ।

    त्यस्तै सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधि सभाको विघटनदेखि पुनस्र्थापनासम्मको भूमिकाबारे छलफल भएको बताउनुभयो । साथै अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको बताउनुभयो ।

    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.