• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लोकतन्त्र र छोरी चेली


  •   आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    जहाँ जाउँ आएको छ कानुनको गन्ध ।
    गन्हाएका कानुनहरू गर्नुपर्यो बन्द ।।
    जहाँ पनि मानिसको अपहरण भयो ।
    लोकतन्त्रको कानुनले अपराधीलाई पाल्यो ।।

    Advertisement

    देश जनताको रक्षा गर्न नसकेको सत्ता ।
    सहिसक्नु भएन नि दिनहुँको हत्या ।।
    प्रशासन कुन दुलामा लुकी बसेको छ ।
    मानवको अधिकारले लक्षरेको के छ ।।

    यी कानुनलार्ई नारी आवाज मानी बसे किन ।
    यी कानुनले हुँदै हुन्न मिल्काउनलाई हिँड ।।
    छोरी चेली स्वतन्त्र भई हिँड्न गाह्रो भयो ।
    मान्छे मार्ने चितुवालार्ई लोकतन्त्रले पाल्यो ।।

    यो देश त छोरी चेली बाँच भनेको छ ।
    दिनहुँका हत्याको ढाड भाँच भनेको छ ।।
    यो नक्कली लोकतन्त्रले कानुन बनाएन ।
    दिनहुँको हत्यालाई फाँसी चढाएन ।।

    मान्छे मार्ने हिंसकले स्वतन्त्रता पाए ।
    तिनैबाट प्रताडित छोरी चेली भए ।।
    लोकतन्त्रको शासनमा चितुवाको गस्ती ।
    शासनको भित्रबाहिर अपराधीको मस्ती ।।

    छोरी चेली अपराधीको नित्य मुखमा परे ।
    लोकतन्त्रमा किरासरि छोरी चेली मरे ।।
    पक्रिएका अपराधीलाई अदालतले छोड्ने ।
    कसले हो त पीडितलाई न्याय दिलाउने ।।

    अपराधीले ज्यान बचाउने किन जेलमा बसेर ।
    अदालतमा तिनकै मुद्दा न्याय मागेर ।।
    मर्नेलार्ई त न्याय खै त भन्दै लोकतन्त्र ।
    अपराधीलार्ई सबै छुट किन लोकतन्त्र ? ।।

    हजार जालले जेल्या कानुन अपराधी उम्काउन ।
    मारिएको जीवन मूल्य छैन कानुन ।।
    छोरी चेलीहरूको देश न्यायपूर्ण भएन ।
    स्वतन्त्र भई लोकतन्त्रले बाँच्न दिएन ।।

    मान्छे बाँच्न नपाउने कस्तो यो लोकतन्त्र ।
    अपराधीले मौलाउने पाए स्वतन्त्र ।।
    हजार जाले कानुन च्यात्न नष्ट गर्न हिँड्ने हो ।
    पीडितलार्ई न्याय दिने अभियान यो ।।

    हराउने र डराउने मानव पीडा चर्को छ ।
    अपराधीलाई सजायको कानुन कच्चा छ ।।
    पीडकलाई मानबवो अधिकारले बचाउने ।
    पीडितको पीडा कहिल्यै न्याय नपाउने ।।

    लोकतन्त्रका मसियाले मै हुँ भन्दै कराउँछन् ।
    छोरी चेली हिंसाबाट अति पीडित छन् ।।
    घरछिमेक टोल गाउँ सहरबस्ती जागेर ।
    नयाँ कानुन पीडितलाई न्याय दिएर ।।

    जता पनि छरेको छ विकृतिको बिउ ।
    त्यै बिउले खाएको छ छोरी चेली जिउ ।।
    न्यायभन्दा धनलाई लोकतन्त्रले मान्यो ।
    झुट बयानको प्रशासनमा टिक्ने मान्यो ।।

    लोकतन्त्र धनीको हो गरिबको हैन ।
    गरिबको हैन र त न्याय पनि छैन ।।
    जङ्गलमा जनावरको हिंसा कमै गर्ला ।
    हिंसा अति गर्ने भए मृग कहाँ बाँच्ला ।।

    दिनहुँको हिंसाबाट पीडा अति भयो ।
    अति हिंसा भोग्दा भोग्दै जिन्दगानी गयो ।।
    कैले आउला राम्रो देख्ने राम्रो सुन्ने दिन ।
    आजको दिन पीडा मुक्त भयो भन्ने दिन ।।

    मानिसलाई लोकतन्त्रले राख्यो अँधेरोमा ।
    यति मात्र कहाँ हो र हिंसकको मुखमा ।।
    पाइला पाइला जिन्दगानी हिंसा पीडित भयो ।
    लोकतन्त्रमा छोरी चेली हिंसकले खायो ।।

    वन आगो जलाई देऊ हिंसकका कानुन ।
    बोल बनाउँ हिंसकलाई झुन्ड्याउने कानुन ।।
    यी कानुन टालेका हुन् सबै च्यात्नुपर्छ ।
    हिंसामुक्त समाजले बनाउनुपर्छ ।।

    पर्दाभित्रबाट बने गन्हाएका कानुन ।
    आदेश र इसारामा हिंसावादी कानुन ।।
    भ्रष्टहरू लोकतन्त्रको प्रशासन किन्या छन् ।
    प्रशासनले न्यायभन्दा पैसा चिन्या छन् ।।

    कहाँबाट कहाँ लगी छोरी चेली मारिन्छन् ।
    स्वतन्त्रको लोकतन्त्रमा हिंस्रक उम्किन्छन् ।।
    साँढेलाई बाली खान लोकतन्त्रको स्वतन्त्र ।
    न्यायनिसाफ हराएको कस्तो स्वतन्त्र ।।

    झुटो दबाई बनाउने खै कारखाना कहाँ छ ।
    अन्त खोज्नु पर्दैन है लोकतन्त्रमा छ ।।
    लोकतन्त्रमा आचरणको हातखुट्टा काटियो ।
    लोकतन्त्रमा न्यायलाई आगो लगाइयो ।।

    समाजको आँखा छोप्नपट्टि किन लगाइयो ।
    जता पनि छोरी चेली हिंसा गरियो ।।
    छोरी चेली माग गर्छन् स्वतन्त्र भै बाँच्न दे ।
    हिंस्रकलाई जेल हैन फाँसी चढाइदे ।।

    अल्मलिने हैन अब अति भयो बेथिति ।
    यो भन्दा नि के हुने हो देशको दुर्गती ।।
    सबैको देश हुनुपर्ने सुन्दर समाज बनेको ।
    अपराधीका भयो र त हिंसा बढेको ।।

    न त दिन्छन् बनाउन न बनाउन तम्सिन्छन् ।
    किचलोले बनाउनेको दिमाग खाइदिन्छन् ।।
    दिनहुँको हिंसा किन प्रशासनलाई थाहा छ ।
    थाहा पाए पनि आँखा बन्द गर्या छ ।।

    प्रशासन छाडा भयो लोकतन्त्रलाई टेरेन ।
    गतिछाडा प्रशासनले न्याय गरेन ।।
    लोकतन्त्रले काँचा कानुन फेर्नलाई सकेन ।
    घुस नभई प्रशासनमा काम बन्दैन ।।

    यो गती र यो मतिले अब देश चल्दैन ।
    किच्चकको किचलोले देश बन्दैन ।।
    छोरी चेली मारीएका घटनाले पोल्या छ ।
    जनताका घर बस्तीमा ब्वाँसो पल्क्या छ ।।

    जङ्गलको ब्वाँसोलाई हान्न सक्छन् धपाउँछन् ।
    लोकतन्त्रको छाडा ब्वाँसो सबै डराउँछन् ।।
    मानवको अधिकारले छाडा ब्वाँसा देखेन ।
    जुलुसबाट हुँदै हुन्न कानुन बनेन ।।

    दिनहुँको हिंसालाई कतिन्जेल सहने ।
    छैन कानुन हत्यारालाई फाँसी चढाउने ।।
    संसारले हत्यारालाई फाँसी चढाइरहेको ।
    हाम्रो देशले हत्यारालाई जीवन दिएको ।।

    दिनहुँको हत्या किन शासनले देखेन ।
    नदेखे झैँ गरेर त कानुन बनेन ।।
    छोरी चेली हत्याराले धरापमा पारेका ।
    यी सिकारी कुकुरले सिकार खेलेका ।।

    हिंस्रक जन्तु भागी जान्छ मान्छेसँग डराउँछ ।
    दिनहुँका घटनाले मुटु चस्काउँछ ।।
    यती राम्रो देश पर्यो बेइमानीको हात ।
    डस्नलाई सिपालु छ अजिङ्गरको जात ।।

    शासनमा बस्नेहरू मोटा चिल्ला लोकतन्त्र ।
    आफन्त र शक्ति हुने मनपरीको लोकतन्त्र ।।
    शासनको वरिपरि दुष्ट घुम्ने लोकतन्त्र ।
    मान्छे मारी जङ्गलमा फालेको छ लोकतन्त्र ।।

    हत्या दमन बन्द गरको जुलुस लाउनुपर्या छ ।
    छोरी चेली स्वतन्त्रता गाह्रो पर्या छ ।।
    के फालियो के आयो खै अन्योलमा परियो ।
    गतिलो र राम्रो सुन्न रहर गरीयो ।।

    छोरी चेली दिनहुँका झन घटना बढेका ।
    यौटा आयो अजिङ्गरको सङ्ख्या बढेका ।।
    अजिङ्गरको सङ्ख्या बढ्यो झनै मन डरायो ।
    लोकतन्त्रको बाघ चितुवा घर घर करायो ।।

    छोरी चेली बाहिर निस्क भन्नलाई गाह्रो भो ।
    आन्दोलनले झन् डर ल्यायो बाँच्न गाह्रो भो ।।
    पुरानो र नयाँबिच यौटा भिन्न देखिन्न ।
    देखिन्न र लोकतन्त्रले पार्यो मन खिन्न ।।

    हुने खाने सम्पत्तिको दम्भ हाँकिरहेका ।
    नहुनेको छँदै छैन आन्द्रा चाउरेका ।।
    आन्दोलनको रस फल तिनै मोटा चिल्लालाई ।
    हत्या दमन बलात्कार छोरी चेलीलाई ।।

    लोकतन्त्र कि आतङ्क छुट्याउन गाह्रो भो ।
    समाज र देशलाई पीडा साह्रो भो ।।
    छारी चेली दिनहुँ मारिएको देखेर ।
    रोयो देश लोकतन्त्रको गिद्दे नजर देखेर ।।

    जङ्गलमा सिकार खेल्न पनि नीतिनियम छ ।
    दिनहुँको हत्या रोक्ने कानुन कहाँ छ ।।
    नीति नमानेका ठुलाबडा हरूले ।
    दिनहुँको यो ज्यादती हुने खानेले ।।

    संसार हिँड्यो उन्नतिमा सही नीति बनायो ।
    ढाँट्नु छैन लोकतन्त्रको नीति गनायो ।।
    देशैभरि गनाएको नीति हो कि लास हो ।
    दिनहुँको हत्या चर्को छोरी चेलीको ।।

    कहाँ पुग्यो संसार गती हामी गन्धा नीतिमा ।
    छोरी चेली जिन्दगानी नित्य क्षतिमा ।।
    आँखा खोल मानवको अधिकार भन्नेले ।
    अपराधीका फोरौँ टाउका अब डण्डाले ।।

    जनताको शासनले अपराधीलार्ई पाल्दैन ।
    जनताको शासनमा अपराध हुँदैन ।।
    हत्यारालार्ई उम्काउँछन् लोकतन्त्रका नायकले ।
    तिनलार्ई ठेगान लाउनुपर्छ अब जनताले ।।

    जनताको पसिना खाई बाँचेको छ प्रशासन ।
    अरू हैनन् हत्यारा त लोकतन्त्रकै हुन ।।
    जङ्गलबाट जनावार आई भ्रष्ट बनेन ।
    लोकतन्त्रको नायकले भ्रष्टाचार छोडेन ।।

    लोकतन्त्रको कार्यालयमा भ्रष्टाचारका किरा छन् ।
    तिनै किरा बढी ठुला अजिङ्गर हुन् ।।
    अजिङ्गरले भेटेपछि बाँच्ने आसा हुँदैन ।
    लोकतन्त्रको कानुनले तिनलार्ई छुदैन ।।

    पुरानोको जगमाथि चुलिएको लोकतन्त्र ।
    त्यसैले त जता पनि छाडा स्वतन्त्र।।
    छोरी चेली स्वतन्त्रका बाटो ढुकी नतर्सा ।
    तेरो सच्चा नीति भए आँसु नबर्सा ।।

    घर पीडित गाउँ पीडित देश सबै पीडामा ।
    तेरो मस्ती छोरी चेली मारी क्रिडामा ।।
    लोकतन्त्र मस्ती भयो शासनमा बस्नेलाई ।
    लोकतन्त्र सास्ती भयो छोरी चेलीलाई ।।

    कती मरे छोरी चेली थाहापत्तो भएन ।
    लोकतन्त्रको सर्प शासन खोजी गरेन ।।
    कोहस् भेटिन्छन् जङ्गलमा कोही झडी घारीमा ।
    कोही भेटिन्छन् कुकुर मुखमा कोही बगरमा ।।

    कोहि भेटिन्छन् माटामुनि कोही बग्छन् नदीमा ।
    दिनहुँका खबर यस्तै आउँछन् देशमा ।।
    लोकतन्त्रले छोरी चेली जिन्दगानी दिएन ।
    असतीलाई सजायको कानुन बनेन ।।

    आकाशको फल झर्नु आँखा तरी मर् जस्तो ।
    लोकतन्त्रको आकाश खेती त्यही फलजस्तो ।।
    भर नपर छोरी चेली यसले न्याय गर्दैन ।
    धनीमानी मात्र हेर्छ तल हेर्दैन ।।

    जति रगत बगे पनि परिवर्तन भएन ।
    यो अँधेरो चिर्ने मुक्ति आउँदै आएन ।।
    कोठी भित्र मान्छे थुन्ने खै त लाज लोकतन्त्र ।
    दिनहुँको बधशाला झैँ भयो लोकतन्त्र ।।

    यो बधशाला लोकतन्त्रको छाडा शासन गन्हायो ।
    छोरी चेली दमन हत्या साह्रै गरायो ।।
    लोकतन्त्रमा न्याय छैन कहाँ बाट देला र ।
    आकाशको फल झर्ने आसा गरेर ।।

    हरेस खाने हैन जाउँ सङ्घर्ष ठिक गर ।
    सङ्घर्षले मात्र फेर्छ देशको मुहार ।।
    सङ्घर्ष त छेउ न टुप्पो हाम्रो हातमा के छ र ।
    अहिलेसम्म आन्दोलनको आसा नगर ।।

    छोरी चेली लगेको छ अपहरण गरेर ।
    दिनहुँका घटना छन् फाल्छ मारेर ।।
    लेख्न देख्न नपर्ने हो सिकारी छ लोकतन्त्र ।
    देशको हैन पराइका बिउको लोकतन्त्र ।।

    हाम्रै देशमा हुर्काउने हो फलाउने हो मिठास ।
    टप्प टिपी खान मनको हुन्छ विकास ।।
    कुन शासनले गाएन र विकासको गीत ।
    नगरेर नभएको मानिसको हित ।।

    यिनै पीडा जिन्दगीको बाटो खन्ने औजार ।
    विचारका औजारले फाल्छन् बन्देज दिवार ।।
    अपहरण अपमान गर्ने शासन मानिन्न ।
    दिनहुँको हत्या दमन अब सहिन्न ।।

    जन्मजात शासन गर्ने हक पाएका फालिए ।
    फालिएका कानुन नीति लिपपोत गरिए ।।
    कसिङ्गरलाई कुचो लगाई भित्रैदेखि फाल्ने हो ।
    कसिङ्गरलाई कडा कानुन बनाई फाल्ने हो ।।

    अहङ्कार अभिमान अति भयो शासनमा ।
    अहङ्कार चुलिएर हत्या दमनमा ।।
    लोकतन्त्रका सीमाहरू हराएर गइसके ।
    दिनहुँका घटनाले जलन भइसके ।।

    बगिजाने पानीजस्तो हर वस्तुका गति ।
    गतिलाई नचिन्नेको संसारमा क्षति ।।
    दबिएका छोरी चेली गतिसँगै हिँड्ने ।
    गन्हाएको शासन फाल्न छिटो छिटो हिँड्ने ।।

    जडवादी संसारका जडा काट्नुपर्यो ।
    जह्रा काटी सुकाएर नष्ट गर्नुपर्यो ।।
    बालिएको खरानीलाई बगाउनुपर्यो ।
    खराबीको लोकतन्त्रले हर्नु जीवन हर्यो ।।

    मानवीय समाजको हाम्रो चाहना छ ।
    सबै खाले विभेदको नास गर्नुपर्छ ।।
    छट्टु स्याल लुकिकन कुखुरालाई चोर्छन् ।
    लोकतन्त्रका छट्टुहरू छोरी चेली मार्छन् ।।

    चोर्ने कला कानुन बन्छ बा ! बा ! लोकतन्त्र ।
    गुदी छैन कच्चा बोक्रो यै हो लोकतन्त्र ।।
    विदेशीले घिचाएको घुसको लोकतन्त्र ।
    उचाल्ने र पछर्नेको मजा लेकतन्त्र ।।

    दासयुगका खराबीलाई बचाएको किन ।
    नछोपेर लाज सबै पचाएको किन ।।
    वनको श्सल आउँदैन छोरी चेली मार्न ।
    तेरै स्याल पल्केका छन् अपहरण गर्न ।।

    जङ्गलको जन्तु छैन हामी भा’को ठाउँमा ।
    तर शोक दिनहुँ छ हाम्रो प्यारो देशमा ।।
    छोरी चेली जाने कहाँ तिनको देश यहीँ ।
    स्वतन्त्र भई डुल्ने कहाँ तिनको धर्ती यहीँ ।।

    आन्दोलनको अग्रपङ्क्ति छोरी चेली हुन्थे ।
    लोकतन्त्र आयो भने हुन्न पीडा भन्थे ।।
    हर बस्तीलाई लोकतन्त्र ल्याउन जाऊँ भन्थे ।
    भन्नेहरू शासक नेता तिनलाई किन गन्थे ।।

    अपहरण गर्नेहरू तिनकै वरिपरि ।
    अत्याचारले सीमा नाग्यो हत्या घरिघरि ।।
    न कसैको भाग खोसे न त शासन खोसे ।
    न त नारा जुलुसले कहिँ आगो झोसे ।।

    समयले नराखेको कहाँ रहन्छ र ।
    नमागेको शासनको सत्य जीवन छ र ।।
    बुढो रुख कतिन्जेल हुन सक्छ छाया ।
    त्यै रुखको धमिराले खाइसकेको काया ।।

    मान्छे ताते रगत बग्यो तत्त्व आको छैन ।
    निहालेर हेर्नुपर्दा केही आको छैन ।।
    गर्नुपर्ने आन्दोलनले बराबरी थियो ।
    छोरी चेली हत्याबाट दिनु पीडा दियो ।।

    छिः छिः छिः छिः कस्तो तन्त्र मान्छे मारी खाने ।
    हामी सचेत मान्छेहरू किन सही बस्ने ।।
    कस्ता देश कस्ता भए विकास फुलेको छ ।
    छोरी चेली लोकतन्त्रले किन मारेको छ ।।

    छोरी चेली हत्याबाट समयले बोल्यो ।
    यस्तो तन्त्र चाहिँदैन भित्रैदेखि पोल्यो ।।
    हिंसावाद लोकतन्त्रको दर्शन र बाटो ।
    लास देख्नु पर्दा पीडित भयो देशको माटो ।।

    पहाडका खोँच खोल्सा पनि रोएका छन् ।
    यस्तो तन्त्र चहिँदैन भनिरहेका छन् ।।
    निरासा र कामनाले के नै हुने छ र ।
    सचेत हो विद्रोलाई साथ दिने गर ।।

    संसारमा आँटेपछि नभएको छ र ।
    हुँदै हुन्न जुर्मुराऊँ नमाने र डर ।।
    हेर्दाहेर्दै जवानी रुख धमिराले खान्छ ।
    धमिराले खाएको रुख यो शासन जान्छ ।।

    आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.