डा. गोविन्दप्रसाद आचार्य ##
जहाँ जाउँ आएको छ कानुनको गन्ध ।
गन्हाएका कानुनहरू गर्नुपर्यो बन्द ।।
जहाँ पनि मानिसको अपहरण भयो ।
लोकतन्त्रको कानुनले अपराधीलाई पाल्यो ।।
देश जनताको रक्षा गर्न नसकेको सत्ता ।
सहिसक्नु भएन नि दिनहुँको हत्या ।।
प्रशासन कुन दुलामा लुकी बसेको छ ।
मानवको अधिकारले लक्षरेको के छ ।।
यी कानुनलार्ई नारी आवाज मानी बसे किन ।
यी कानुनले हुँदै हुन्न मिल्काउनलाई हिँड ।।
छोरी चेली स्वतन्त्र भई हिँड्न गाह्रो भयो ।
मान्छे मार्ने चितुवालार्ई लोकतन्त्रले पाल्यो ।।
यो देश त छोरी चेली बाँच भनेको छ ।
दिनहुँका हत्याको ढाड भाँच भनेको छ ।।
यो नक्कली लोकतन्त्रले कानुन बनाएन ।
दिनहुँको हत्यालाई फाँसी चढाएन ।।
मान्छे मार्ने हिंसकले स्वतन्त्रता पाए ।
तिनैबाट प्रताडित छोरी चेली भए ।।
लोकतन्त्रको शासनमा चितुवाको गस्ती ।
शासनको भित्रबाहिर अपराधीको मस्ती ।।
छोरी चेली अपराधीको नित्य मुखमा परे ।
लोकतन्त्रमा किरासरि छोरी चेली मरे ।।
पक्रिएका अपराधीलाई अदालतले छोड्ने ।
कसले हो त पीडितलाई न्याय दिलाउने ।।
अपराधीले ज्यान बचाउने किन जेलमा बसेर ।
अदालतमा तिनकै मुद्दा न्याय मागेर ।।
मर्नेलार्ई त न्याय खै त भन्दै लोकतन्त्र ।
अपराधीलार्ई सबै छुट किन लोकतन्त्र ? ।।
हजार जालले जेल्या कानुन अपराधी उम्काउन ।
मारिएको जीवन मूल्य छैन कानुन ।।
छोरी चेलीहरूको देश न्यायपूर्ण भएन ।
स्वतन्त्र भई लोकतन्त्रले बाँच्न दिएन ।।
मान्छे बाँच्न नपाउने कस्तो यो लोकतन्त्र ।
अपराधीले मौलाउने पाए स्वतन्त्र ।।
हजार जाले कानुन च्यात्न नष्ट गर्न हिँड्ने हो ।
पीडितलार्ई न्याय दिने अभियान यो ।।
हराउने र डराउने मानव पीडा चर्को छ ।
अपराधीलाई सजायको कानुन कच्चा छ ।।
पीडकलाई मानबवो अधिकारले बचाउने ।
पीडितको पीडा कहिल्यै न्याय नपाउने ।।
लोकतन्त्रका मसियाले मै हुँ भन्दै कराउँछन् ।
छोरी चेली हिंसाबाट अति पीडित छन् ।।
घरछिमेक टोल गाउँ सहरबस्ती जागेर ।
नयाँ कानुन पीडितलाई न्याय दिएर ।।
जता पनि छरेको छ विकृतिको बिउ ।
त्यै बिउले खाएको छ छोरी चेली जिउ ।।
न्यायभन्दा धनलाई लोकतन्त्रले मान्यो ।
झुट बयानको प्रशासनमा टिक्ने मान्यो ।।
लोकतन्त्र धनीको हो गरिबको हैन ।
गरिबको हैन र त न्याय पनि छैन ।।
जङ्गलमा जनावरको हिंसा कमै गर्ला ।
हिंसा अति गर्ने भए मृग कहाँ बाँच्ला ।।
दिनहुँको हिंसाबाट पीडा अति भयो ।
अति हिंसा भोग्दा भोग्दै जिन्दगानी गयो ।।
कैले आउला राम्रो देख्ने राम्रो सुन्ने दिन ।
आजको दिन पीडा मुक्त भयो भन्ने दिन ।।
मानिसलाई लोकतन्त्रले राख्यो अँधेरोमा ।
यति मात्र कहाँ हो र हिंसकको मुखमा ।।
पाइला पाइला जिन्दगानी हिंसा पीडित भयो ।
लोकतन्त्रमा छोरी चेली हिंसकले खायो ।।
वन आगो जलाई देऊ हिंसकका कानुन ।
बोल बनाउँ हिंसकलाई झुन्ड्याउने कानुन ।।
यी कानुन टालेका हुन् सबै च्यात्नुपर्छ ।
हिंसामुक्त समाजले बनाउनुपर्छ ।।
पर्दाभित्रबाट बने गन्हाएका कानुन ।
आदेश र इसारामा हिंसावादी कानुन ।।
भ्रष्टहरू लोकतन्त्रको प्रशासन किन्या छन् ।
प्रशासनले न्यायभन्दा पैसा चिन्या छन् ।।
कहाँबाट कहाँ लगी छोरी चेली मारिन्छन् ।
स्वतन्त्रको लोकतन्त्रमा हिंस्रक उम्किन्छन् ।।
साँढेलाई बाली खान लोकतन्त्रको स्वतन्त्र ।
न्यायनिसाफ हराएको कस्तो स्वतन्त्र ।।
झुटो दबाई बनाउने खै कारखाना कहाँ छ ।
अन्त खोज्नु पर्दैन है लोकतन्त्रमा छ ।।
लोकतन्त्रमा आचरणको हातखुट्टा काटियो ।
लोकतन्त्रमा न्यायलाई आगो लगाइयो ।।
समाजको आँखा छोप्नपट्टि किन लगाइयो ।
जता पनि छोरी चेली हिंसा गरियो ।।
छोरी चेली माग गर्छन् स्वतन्त्र भै बाँच्न दे ।
हिंस्रकलाई जेल हैन फाँसी चढाइदे ।।
अल्मलिने हैन अब अति भयो बेथिति ।
यो भन्दा नि के हुने हो देशको दुर्गती ।।
सबैको देश हुनुपर्ने सुन्दर समाज बनेको ।
अपराधीका भयो र त हिंसा बढेको ।।
न त दिन्छन् बनाउन न बनाउन तम्सिन्छन् ।
किचलोले बनाउनेको दिमाग खाइदिन्छन् ।।
दिनहुँको हिंसा किन प्रशासनलाई थाहा छ ।
थाहा पाए पनि आँखा बन्द गर्या छ ।।
प्रशासन छाडा भयो लोकतन्त्रलाई टेरेन ।
गतिछाडा प्रशासनले न्याय गरेन ।।
लोकतन्त्रले काँचा कानुन फेर्नलाई सकेन ।
घुस नभई प्रशासनमा काम बन्दैन ।।
यो गती र यो मतिले अब देश चल्दैन ।
किच्चकको किचलोले देश बन्दैन ।।
छोरी चेली मारीएका घटनाले पोल्या छ ।
जनताका घर बस्तीमा ब्वाँसो पल्क्या छ ।।
जङ्गलको ब्वाँसोलाई हान्न सक्छन् धपाउँछन् ।
लोकतन्त्रको छाडा ब्वाँसो सबै डराउँछन् ।।
मानवको अधिकारले छाडा ब्वाँसा देखेन ।
जुलुसबाट हुँदै हुन्न कानुन बनेन ।।
दिनहुँको हिंसालाई कतिन्जेल सहने ।
छैन कानुन हत्यारालाई फाँसी चढाउने ।।
संसारले हत्यारालाई फाँसी चढाइरहेको ।
हाम्रो देशले हत्यारालाई जीवन दिएको ।।
दिनहुँको हत्या किन शासनले देखेन ।
नदेखे झैँ गरेर त कानुन बनेन ।।
छोरी चेली हत्याराले धरापमा पारेका ।
यी सिकारी कुकुरले सिकार खेलेका ।।
हिंस्रक जन्तु भागी जान्छ मान्छेसँग डराउँछ ।
दिनहुँका घटनाले मुटु चस्काउँछ ।।
यती राम्रो देश पर्यो बेइमानीको हात ।
डस्नलाई सिपालु छ अजिङ्गरको जात ।।
शासनमा बस्नेहरू मोटा चिल्ला लोकतन्त्र ।
आफन्त र शक्ति हुने मनपरीको लोकतन्त्र ।।
शासनको वरिपरि दुष्ट घुम्ने लोकतन्त्र ।
मान्छे मारी जङ्गलमा फालेको छ लोकतन्त्र ।।
हत्या दमन बन्द गरको जुलुस लाउनुपर्या छ ।
छोरी चेली स्वतन्त्रता गाह्रो पर्या छ ।।
के फालियो के आयो खै अन्योलमा परियो ।
गतिलो र राम्रो सुन्न रहर गरीयो ।।
छोरी चेली दिनहुँका झन घटना बढेका ।
यौटा आयो अजिङ्गरको सङ्ख्या बढेका ।।
अजिङ्गरको सङ्ख्या बढ्यो झनै मन डरायो ।
लोकतन्त्रको बाघ चितुवा घर घर करायो ।।
छोरी चेली बाहिर निस्क भन्नलाई गाह्रो भो ।
आन्दोलनले झन् डर ल्यायो बाँच्न गाह्रो भो ।।
पुरानो र नयाँबिच यौटा भिन्न देखिन्न ।
देखिन्न र लोकतन्त्रले पार्यो मन खिन्न ।।
हुने खाने सम्पत्तिको दम्भ हाँकिरहेका ।
नहुनेको छँदै छैन आन्द्रा चाउरेका ।।
आन्दोलनको रस फल तिनै मोटा चिल्लालाई ।
हत्या दमन बलात्कार छोरी चेलीलाई ।।
लोकतन्त्र कि आतङ्क छुट्याउन गाह्रो भो ।
समाज र देशलाई पीडा साह्रो भो ।।
छारी चेली दिनहुँ मारिएको देखेर ।
रोयो देश लोकतन्त्रको गिद्दे नजर देखेर ।।
जङ्गलमा सिकार खेल्न पनि नीतिनियम छ ।
दिनहुँको हत्या रोक्ने कानुन कहाँ छ ।।
नीति नमानेका ठुलाबडा हरूले ।
दिनहुँको यो ज्यादती हुने खानेले ।।
संसार हिँड्यो उन्नतिमा सही नीति बनायो ।
ढाँट्नु छैन लोकतन्त्रको नीति गनायो ।।
देशैभरि गनाएको नीति हो कि लास हो ।
दिनहुँको हत्या चर्को छोरी चेलीको ।।
कहाँ पुग्यो संसार गती हामी गन्धा नीतिमा ।
छोरी चेली जिन्दगानी नित्य क्षतिमा ।।
आँखा खोल मानवको अधिकार भन्नेले ।
अपराधीका फोरौँ टाउका अब डण्डाले ।।
जनताको शासनले अपराधीलार्ई पाल्दैन ।
जनताको शासनमा अपराध हुँदैन ।।
हत्यारालार्ई उम्काउँछन् लोकतन्त्रका नायकले ।
तिनलार्ई ठेगान लाउनुपर्छ अब जनताले ।।
जनताको पसिना खाई बाँचेको छ प्रशासन ।
अरू हैनन् हत्यारा त लोकतन्त्रकै हुन ।।
जङ्गलबाट जनावार आई भ्रष्ट बनेन ।
लोकतन्त्रको नायकले भ्रष्टाचार छोडेन ।।
लोकतन्त्रको कार्यालयमा भ्रष्टाचारका किरा छन् ।
तिनै किरा बढी ठुला अजिङ्गर हुन् ।।
अजिङ्गरले भेटेपछि बाँच्ने आसा हुँदैन ।
लोकतन्त्रको कानुनले तिनलार्ई छुदैन ।।
पुरानोको जगमाथि चुलिएको लोकतन्त्र ।
त्यसैले त जता पनि छाडा स्वतन्त्र।।
छोरी चेली स्वतन्त्रका बाटो ढुकी नतर्सा ।
तेरो सच्चा नीति भए आँसु नबर्सा ।।
घर पीडित गाउँ पीडित देश सबै पीडामा ।
तेरो मस्ती छोरी चेली मारी क्रिडामा ।।
लोकतन्त्र मस्ती भयो शासनमा बस्नेलाई ।
लोकतन्त्र सास्ती भयो छोरी चेलीलाई ।।
कती मरे छोरी चेली थाहापत्तो भएन ।
लोकतन्त्रको सर्प शासन खोजी गरेन ।।
कोहस् भेटिन्छन् जङ्गलमा कोही झडी घारीमा ।
कोही भेटिन्छन् कुकुर मुखमा कोही बगरमा ।।
कोहि भेटिन्छन् माटामुनि कोही बग्छन् नदीमा ।
दिनहुँका खबर यस्तै आउँछन् देशमा ।।
लोकतन्त्रले छोरी चेली जिन्दगानी दिएन ।
असतीलाई सजायको कानुन बनेन ।।
आकाशको फल झर्नु आँखा तरी मर् जस्तो ।
लोकतन्त्रको आकाश खेती त्यही फलजस्तो ।।
भर नपर छोरी चेली यसले न्याय गर्दैन ।
धनीमानी मात्र हेर्छ तल हेर्दैन ।।
जति रगत बगे पनि परिवर्तन भएन ।
यो अँधेरो चिर्ने मुक्ति आउँदै आएन ।।
कोठी भित्र मान्छे थुन्ने खै त लाज लोकतन्त्र ।
दिनहुँको बधशाला झैँ भयो लोकतन्त्र ।।
यो बधशाला लोकतन्त्रको छाडा शासन गन्हायो ।
छोरी चेली दमन हत्या साह्रै गरायो ।।
लोकतन्त्रमा न्याय छैन कहाँ बाट देला र ।
आकाशको फल झर्ने आसा गरेर ।।
हरेस खाने हैन जाउँ सङ्घर्ष ठिक गर ।
सङ्घर्षले मात्र फेर्छ देशको मुहार ।।
सङ्घर्ष त छेउ न टुप्पो हाम्रो हातमा के छ र ।
अहिलेसम्म आन्दोलनको आसा नगर ।।
छोरी चेली लगेको छ अपहरण गरेर ।
दिनहुँका घटना छन् फाल्छ मारेर ।।
लेख्न देख्न नपर्ने हो सिकारी छ लोकतन्त्र ।
देशको हैन पराइका बिउको लोकतन्त्र ।।
हाम्रै देशमा हुर्काउने हो फलाउने हो मिठास ।
टप्प टिपी खान मनको हुन्छ विकास ।।
कुन शासनले गाएन र विकासको गीत ।
नगरेर नभएको मानिसको हित ।।
यिनै पीडा जिन्दगीको बाटो खन्ने औजार ।
विचारका औजारले फाल्छन् बन्देज दिवार ।।
अपहरण अपमान गर्ने शासन मानिन्न ।
दिनहुँको हत्या दमन अब सहिन्न ।।
जन्मजात शासन गर्ने हक पाएका फालिए ।
फालिएका कानुन नीति लिपपोत गरिए ।।
कसिङ्गरलाई कुचो लगाई भित्रैदेखि फाल्ने हो ।
कसिङ्गरलाई कडा कानुन बनाई फाल्ने हो ।।
अहङ्कार अभिमान अति भयो शासनमा ।
अहङ्कार चुलिएर हत्या दमनमा ।।
लोकतन्त्रका सीमाहरू हराएर गइसके ।
दिनहुँका घटनाले जलन भइसके ।।
बगिजाने पानीजस्तो हर वस्तुका गति ।
गतिलाई नचिन्नेको संसारमा क्षति ।।
दबिएका छोरी चेली गतिसँगै हिँड्ने ।
गन्हाएको शासन फाल्न छिटो छिटो हिँड्ने ।।
जडवादी संसारका जडा काट्नुपर्यो ।
जह्रा काटी सुकाएर नष्ट गर्नुपर्यो ।।
बालिएको खरानीलाई बगाउनुपर्यो ।
खराबीको लोकतन्त्रले हर्नु जीवन हर्यो ।।
मानवीय समाजको हाम्रो चाहना छ ।
सबै खाले विभेदको नास गर्नुपर्छ ।।
छट्टु स्याल लुकिकन कुखुरालाई चोर्छन् ।
लोकतन्त्रका छट्टुहरू छोरी चेली मार्छन् ।।
चोर्ने कला कानुन बन्छ बा ! बा ! लोकतन्त्र ।
गुदी छैन कच्चा बोक्रो यै हो लोकतन्त्र ।।
विदेशीले घिचाएको घुसको लोकतन्त्र ।
उचाल्ने र पछर्नेको मजा लेकतन्त्र ।।
दासयुगका खराबीलाई बचाएको किन ।
नछोपेर लाज सबै पचाएको किन ।।
वनको श्सल आउँदैन छोरी चेली मार्न ।
तेरै स्याल पल्केका छन् अपहरण गर्न ।।
जङ्गलको जन्तु छैन हामी भा’को ठाउँमा ।
तर शोक दिनहुँ छ हाम्रो प्यारो देशमा ।।
छोरी चेली जाने कहाँ तिनको देश यहीँ ।
स्वतन्त्र भई डुल्ने कहाँ तिनको धर्ती यहीँ ।।
आन्दोलनको अग्रपङ्क्ति छोरी चेली हुन्थे ।
लोकतन्त्र आयो भने हुन्न पीडा भन्थे ।।
हर बस्तीलाई लोकतन्त्र ल्याउन जाऊँ भन्थे ।
भन्नेहरू शासक नेता तिनलाई किन गन्थे ।।
अपहरण गर्नेहरू तिनकै वरिपरि ।
अत्याचारले सीमा नाग्यो हत्या घरिघरि ।।
न कसैको भाग खोसे न त शासन खोसे ।
न त नारा जुलुसले कहिँ आगो झोसे ।।
समयले नराखेको कहाँ रहन्छ र ।
नमागेको शासनको सत्य जीवन छ र ।।
बुढो रुख कतिन्जेल हुन सक्छ छाया ।
त्यै रुखको धमिराले खाइसकेको काया ।।
मान्छे ताते रगत बग्यो तत्त्व आको छैन ।
निहालेर हेर्नुपर्दा केही आको छैन ।।
गर्नुपर्ने आन्दोलनले बराबरी थियो ।
छोरी चेली हत्याबाट दिनु पीडा दियो ।।
छिः छिः छिः छिः कस्तो तन्त्र मान्छे मारी खाने ।
हामी सचेत मान्छेहरू किन सही बस्ने ।।
कस्ता देश कस्ता भए विकास फुलेको छ ।
छोरी चेली लोकतन्त्रले किन मारेको छ ।।
छोरी चेली हत्याबाट समयले बोल्यो ।
यस्तो तन्त्र चाहिँदैन भित्रैदेखि पोल्यो ।।
हिंसावाद लोकतन्त्रको दर्शन र बाटो ।
लास देख्नु पर्दा पीडित भयो देशको माटो ।।
पहाडका खोँच खोल्सा पनि रोएका छन् ।
यस्तो तन्त्र चहिँदैन भनिरहेका छन् ।।
निरासा र कामनाले के नै हुने छ र ।
सचेत हो विद्रोलाई साथ दिने गर ।।
संसारमा आँटेपछि नभएको छ र ।
हुँदै हुन्न जुर्मुराऊँ नमाने र डर ।।
हेर्दाहेर्दै जवानी रुख धमिराले खान्छ ।
धमिराले खाएको रुख यो शासन जान्छ ।।