• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कपास (लघुकथा)


  •   आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’ ##
    पाखाभरि कपासको बिरुवा लगाइएको थियो । कपासको ती बिरुवा फुलेर फक्रदै गरेको अवस्थामा थिए ।

    Advertisement

    तिनीमध्ये एउटा सानो भर्खरै फक्रदै गरेको कपास असाध्यै सुन्दर थियो । आफ्नो सुन्दरतामा मख्ख थियो । अत्यन्तै खुसी र गौरव महसुस गथ्र्यो । रातको शीतको थोपा बिहानीको उषासँगै तिनै कपासमाथि बर्सिंदा कपासमा नयाँ रौनक छाउथ्यो । कपास अझै सुन्दर देखिन्थ्यो ।

    प्रकृतिको नियम पनि कति साह्रै निष्ठुरी रहेछ । कुनै कुनै वनस्पतिको आयु निकै छोटो हुन्छ । भर्खर मात्र फूल बडो सङ्घर्ष गरी बोक्रालाई छिचोल्दै कपासको रूपमा जन्म लिएको थियो । त्यो सुन्दर कपास फक्रेको केही दिनमा किसानले टपक्क टिपेर मुठिभरि पैसा लिएर व्यापारीको हातमा बेचिदियो । व्यापारीले कारखानामा लगेर अर्को व्यापारीलाई बेच्यो ।

    ती सुन्दर सेता कपासलाई मेसिनभित्र राखियो । जब मेसिन चल्यो, कपास पेलिए । कतै थिचिए । लामो समयको सङ्घर्ष, धेरै बेरको दुखाइको सामना गरेर कपास धागोमा रूपान्तरण भयो । मेसिनबाट बाहिर निकालिए । त्यही धागोलाई फेरि अर्को मेसिनमा राखियो । अब त्यो धागोरूपी कपास राम्रो राम्रो कपडामा परिणत भए ।

    मेसिनबाहिर निस्किएपछि भने कपास खुसी थिए; किनकि, उनीहरू कपडाको माध्यमबाट व्यक्तिको लाज ढाक्न, न्यानोपन दिन, घामपानीबाट जोगाउन सकिने वस्त्रको रूपमा रूपान्तरण थिए । आफू दुःख र पीडाको चपेटाबाट निस्केर अरूको काम लाग्ने उपयोगी वस्तु बन्न सकेकोमा कपासलाई गौरव लागेको थियो ।

    केही बेरमै ती कपडा फेरि दर्जीकहाँ पुगे । दर्जीले काट्यो; च्यात्यो; टुक्रा टुक्रा पार्यो; चरम दुखाइको सामना पुनः गर्नुपर्यो, तिनी सुन्दर कपासलाई । टुक्रिए, सिलाइये, क्षणिक खुसी तुरुन्तै आँसुमा, दुखाइमा मिसिन पुग्यो । कपासलाई नैराश्यता नछाएको त कहाँ थियो र ?
    दर्जीले सुन्दर सुन्दर पाइजामा बनाएर ससाना बालकलाइ लगाइदियो । ती बालक खुसीले गद्गद् भए । बालकहरू फुर्केको देखेर कपासले आफ्नो सारा दुखाइ बिर्सियो र बालकको खुसीमा आफ्नो खुसी मिसायो । आफूलाई कपास हुनुमा गौरव गर्यो ।

    पाइजामा पुरानो भयो । पुराना कपडा जम्मा गर्ने ठाउमा पुर्याइयो । अर्को मेसिनमा राखिए । फेरि पिसिएर पुराना कपडाले अब कागजको रूप लिएको थियो । तिनै कागजमा दर्शनशास्त्र लेखिए; ज्ञानमूलक पुस्तक बने । कुनै धार्मिक पुस्तक बनेर मन्दिरमा सजिए, पुजिए । अब फेरि अर्को मेसिनमा पेलिन, दर्जीकोमा सिलाइन आवश्यक जहाँ राखिए, त्यहाँबाट कहिल्यै हट्नुपरेन । निकै खुसी भयो कपास, मन्दिरमा पुजिन पाउँदा ।

    तिनै दर्शनशास्त्र पढेर कैयौँ दार्शनिक बने । विश्वभरि ज्ञानको सन्देश बाँडे । राजनीतिज्ञ बने । मन्त्री र प्रधानमन्त्री बनेर संसारलाइ परिवर्तन गरी विकासका मूल फुटाले । अब तिनै पटक पटक थिचिएका, मिचिएका, पिसिएका, टुक्रिएका कपासले विगतका चोट, पीडा सङ्घर्ष सबै भुलेर आफू अमर बन्न सकेकोमा, कपास हुनुमा गौरव गर्दै सुख र खुसीको अनुभूति गरे ।
    खजुरा, बाँके

    आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.