• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सर्वोच्चको फैसला स्वागतयोग्य, पुनःस्थापित संसद विरुद्ध हुन सक्ने षड्यन्त्रप्रति सावधान हुन राजमोको आग्रह


  •   सोमबार, असार २८, २०७८ मा प्रकाशित
  • काटमाडौँ । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको आजको फैसलालाई स्वागत गर्नुका साथै अहिले पनि केपी शर्मा ओलीद्वारा पुनःस्थापित संसद (प्रतिनिधि सभा) विरुद्ध हुन सक्ने षड्यन्त्र विरुद्ध सावधान हुन आग्रह गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ असार २८ गते जारी प्रेसवक्तव्यमामार्फत् पार्टीले यस्तो अवधारणा सार्वजनिक गरेको हो ।

    राजमोले संसद पुनस्र्थापनाको पक्षमा बहस गर्ने सम्पूर्ण कानुन व्यवसायी, संवैधानिक इजलासका न्यायाधीश र आन्दोलनकारी राजनीतिक पार्टी, सङ्घसंस्था सबैप्रति धन्यवाद पनि प्रकट गरेको छ ।

    गत कालमा जस्तै अहिले पनि केपी शर्मा ओलीद्वारा पुनस्र्थापित संसदका विरुद्ध षड्यन्त्र हुन सक्ने भन्दै त्यसका विरुद्ध सावधान रहन पाँचदलीय गठबन्धनलाई आग्रह गरिएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “१. विघटित संसदको पुनस्र्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नू भनी सर्वोच्च अदालतद्वारा आज जारी गरिएको उत्प्रेषणयुक्त परमादेशसहितको फैसलालाई राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । ओलीको असंवैधानिक, अधिनायकवादी तथा प्रतिगमनकारी कदम तथा आफ्नो पदीय गरिमासमेतको ख्याल नगरी प्रधानमन्त्रीका प्रत्येक असंवैधानिक, अधिनायकवादी तथा लोकतन्त्र विरोधी कार्यलाई हुबहु समर्थन गरी अनुमोदन गर्ने राष्ट्रपतिको कार्य विरुद्ध सर्वोच्च अदालतको फैसलाले लोकतन्त्र तथा विधिको शासनको रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुराएको छ । तसर्थ फैसला निरूपणमा संलग्न प्रधान न्यायाधीश, संवैधानिक इजलासका न्यायाधीश तथा विघटित संसदको पुनस्र्थापनाका पक्षमा बहस गर्नुहुने सम्पूर्ण कानुन व्यवसायीप्रति हाम्रो पार्टीले आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छ । सर्वोच्च अदालतले जारी गरेको परमादेशलाई बिना कुनै अवरोध कार्यान्वयन गर्न गराउन समेत हामीले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्न चाहन्छौँ ।

    २. सर्वोच्चले जारी गरेको परमादेशले ओली सरकारले देशमाथि लादेको प्रतिगमनमाथि अङ्कुश लागेको छ । ओलीको प्रतिगमनका विरुद्ध हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले गत साल पुस ५ गतेदेखि एकल रूपमा तथा २०७८ जेठ ८ गतेदेखि पाँचदलीय गठबन्धनमा सामेल भएर संयुक्त आन्दोलन गरिरहेको छ । ओलीले लादेको प्रतिगमनका विरुद्ध प्राप्त सफलता हाम्रो दल सम्मिलित आन्दोलनरत पाँचदलीय गठबन्धन, विभिन्न सङ्घसंस्था, नागरिक समाज तथा सञ्चार जगत्को संयुक्त प्रयत्नको परिणाम हो । त्यसैले सम्पूर्ण आन्दोलनकारी दल तथा सङ्घसंस्थालाई समेत हामीले धन्यवाद दिन चाहन्छौँ ।

    ३. देशमा उत्पन्न राजनीतिक समस्याका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै मुख्य दोषी छन् । ओलीका कारण गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि खतरा उत्पन्न भएको छ । त्यसैले ओलीको बहिर्गमन नै अहिलेको राजनीतिक मुख्य कार्यभार रहिआएको कुरामा हामीले जोड दिँदै आएका थियौँ । नेकपा (नेकपा) मा फुट भएर एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्के पनि ओलीको बहिर्गमनलाई मुख्य सर्त बनाएर एमाले र माओवादीले आपसी सहकार्य वा संयुक्तमोर्चाको आधारमा नयाँ सरकार निर्माण गरी देशलाई राजनीतिक स्थायित्व दिन सक्ने अवस्था विद्यमान थियो र हामीले त्यसैमा जोड दिएका थियौँ, तर ओलीको सत्तालोलुप प्रवृत्ति र ओलीको सत्तालोलुप प्रवृत्तिलाई आफ्नो राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने भारतीय साम्राज्यवादको रणनीतिका कारण वामपन्थीको बिचबाट सरकार निर्माण सम्भव हुन सकेन । त्यस्तो अवस्थामा हामीले ओलीको प्रतिगमनलाई परास्त गर्नका लागि ओली विरुद्ध आउने सबै शक्तिको एकता र सहकार्यमा जोड दिएका थियौँ । सर्वोच्चको परमादेशले तत्काल ओलीको बहिर्गमनका लागि बाटो खुलेको छ, जुन स्वागतयोग्य छ ।

    ४. विघटित संसदको पुनस्र्थापना भए पनि त्यसका विरुद्ध हुन सक्ने सम्भावित सबै षड्यन्त्रप्रति सतर्कताको आवश्यकता छ । गत सालमा पनि संसदको पुनस्र्थापना भएपश्चात् पुनस्र्थापित संसदका विरुद्ध समेत ओलीले लगातार षड्यन्त्र गरेको कुरा सबैलाई थाहा भएकै कुरा हो । अहिले पनि संसदको पुनस्र्थापना भइसकेपछि पनि त्यसका विरुद्ध ओलीले षड्यन्त्र गर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिन्न । सर्वोच्चले परमादेश जारी गर्नेबित्तिकै ओली पक्ष त्यसका विरुद्ध खडा भएका छन् । त्यो कार्यलाई सही मान्न सकिन्न । पुनस्र्थापित संसदका विरुद्ध ओलीले गर्न सक्ने सम्भावित षड्यन्त्रका विरुद्ध सतर्क रहन तथा आवश्यक परे सङ्घर्षमा उत्रनका लागि पाँचदलीय गठबन्धनलाई आह्वानसमेत गर्दछौँ ।”

    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.