• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

१० बुँदे सहमतिबारे एमालकै नेताको प्रश्न : प्रतिगमनका अगाडि घुँडा टेकेको हो ?


  •   सोमबार, असार २८, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद समाधान गर्न गठित कार्यदलमा भएको १० बुँदे सहमतिलाई एमालेकै नेताहरुले अस्वीकार गरेका छन् । प्रतिनिधि सभा विघटनको विषयलाई यथावत राखेर पार्टी एकता हुन नसक्ने नेताहरूले बताएका छन् ।

    Advertisement

    वरिष्ठ नेता नेपाल पक्षका नेताहरूले १० बुँदे सहमतिले प्रतिगमनका अगाडि घुँडा टेकेको आरोप लगाएका छन् ।

    नेपाल निकट नेता डा. विजय पौडेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यदि यसमा सहमति भएको हो भने यो लिखत प्रतिगमनका अगाडि घुँडा टेकेको हो’ पौडेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रतिनिधिसभा विघटन गर्नु गलत थियो’ सम्म भन्न नसक्ने यस्तो सहमतिले पार्टी एकता हुन्न।’

    यदि यसमा सहमति भएको हो भने यो लिखत प्रतिगमनका अगाडि घुडा टेकेको हो । `प्रतिनिधिसभा बिघटन गर्नु गलत थियो ´ सम्म भन्न नसक्ने यस्तो सहमतिले पार्टी एकता हुन्न । pic.twitter.com/WfqSd2EB2f

    — Dr. Vijay Poudel (@drvijaypou) July 11, 2021

    यस्तै, माधव नेपाल पक्षका अर्का नेता रामकुमारी झाक्रीले सहमतिलाई स्वागत गर्न हतार गर्न आवश्यक नभएको भन्दै अदालतको निर्णयलाई प्रभावित पार्नेगरी हस्ताक्षर फिर्ता लिन नसकिने बताउनुभएको छ । झाक्रीले आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक बसेर संस्थागत धारणा आउने बताउनुभयो ।

    ‘स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुदैन। बैठक जाने कुरा हुन्न’ उहाँले लेख्नुभएको छ, ‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।’

    सो सहमतिबाट ओलीका विश्वासपात्रहरू भने प्रशन्न देखिएका छन् । सो सहमतिलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शेरबहादुर देउवाको पक्षमा गरिएको नेपाल पक्षका २३ सांसदको हस्ताक्षर फिर्ता हुने दाबी गर्नुभएको छ ।

    ‘शेर बहादुर देउवाको साथमा निवर्तमान सांसदहरु अब १४६ माइनस २३ बराबर १२३ मात्र । सर्वोच्चद्वारा न परमादेश न पुनर्स्थापना’ थापाले लेख्नुभएको छ, ‘मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो, जय नेपाल ।’

    वरिष्ठ नेता नेपालले भने अदालतलाई प्रभावित पार्ने सहमति मान्य नहुने बताउनुभएको छ । आफूनिकट नेताहरुसँग नेपालले अदालतलाई प्रभावित पार्ने र अध्यक्ष केपी ओलीलाई नै पुनः शक्तिशाली बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाएको उहाँ निकट एक नेताले बताए ।

    उहाँले सामाजिक सञ्जालमार्फत ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको’ बताउनुभएको छ ।

    पूर्वमन्त्री गोकुल बाँस्कोटाले सूर्य थापाप्रति समर्थन गर्दै माधव नेपाललाई तीखो व्यंग्य गर्नुभएको छ । ‘एमालेले एमाले हौं भन्दा कसरी अदालत प्रभावित पार्न खोजेको हुन्छ ? अचम्म ! कांग्रेसले आफूलाई एमाले भन्ला त ?’ बास्कोटाले ट्वीट गर्दै भन्नुभएको छ ।

    यो पनि : एमाले कार्यदलमा सहमति, यस्ता छन् सहमतिका १० बुँदा

    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.