काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । साविक विजेता ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जितेको हो ।
Advertisement
पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।
यो जितसँगै अर्जेन्टिनाका स्टार लियोनल मेस्सी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पनि चुम्न सफल भएका छन्। साथै उनले सातौं बालुन डी’ओर अवार्ड जित्ने सम्भावना सबैभन्दा बलियो बनेको छ।
यसअघि मेस्सीले तीनवटा कोपा अमेरिका र एउटा विश्वकप फाइनल खेलिसकेका छन्। तर उपाधि जित्न सकेका थिएनन्।