मीनबहादुर राना ##
पहिलो पटक हवाइयाबा गर्दै थिएँ । तैपनि यति लामो हवाइयात्रामा जाँदा तयारी धेरै गरेको थिएँ । ती तयारीको खासै खाँचो देखिएन ।
काठमाडौँबाट उडेको टर्किस एयरलाइन्सले एघार हजार मिटरमाथि सात सय किलोमिटर प्रतिघण्टाको वेगमा उडान भरेको थियो । रातको समयमा हुनाले कतै कतै सहरमा बलेको बत्तीबाहेक केही देखिएन ।
टर्की पुग्नेबित्तिकै “हिथ्रो हिथ्रो” भन्दै जहाज चलाउने पोशाकमा रहेका एक अधिकारीले हामीलाई बाटो देखाए । टर्कीबाट अर्काे जहाज फेर्नुपर्ने थियो । त्यसका लागि टर्कीको स्तानबुलमा चार घण्टा रोकिनुपर्ने थियो ।
होटल क्वारेन्टाइनमा सँगै बस्ने भनेर होटल बुकिङ गरेको हाम्रो चार जनाको टोली थियो । चार घण्टा कसरी बिताउने होला जस्तो लागेको थियो । मैले सारङ्गी भिरेको थिएँ । विभिन्न देश जान भनेर टर्की पुगेका नेपालीहरू त मप्रति आकर्षित हुने नै भए । विदेशीहरूले पनि फोटो खिच्ने अनुमति लिँदै फोटो खिचेका थिए । म यात्रु प्रतीक्षालयको बेनेचमा सारङ्गी बजाएर बसेँ ।
एक सेक्युरिटी अफिसरले यो के हो ? भन्यो । मैले टुटफुटे अङ्ग्रेजीमा यो नेपाली लोकबाजा हो । यसलाई सारङ्गी भन्छन्, भनेँ । उसले बजाउन लगायो । मैले सारङ्गी बजाएर सुनाएँ केही बेर सुनेर उसले बाटो देखाउँदै यो बाटो जा, तर बजाउँदै जा भनेर पठायो ।
मसित दश दिन सँगै होटल क्वारेन्टाइनमा बस्ने भनेर एक दिनअघि काठमाडौँ एयरपोर्टमा परिचय भएका ऋषिराज राई, विनम राई र दिलन राईहरू सारङ्गीको धुनमा निदाउन बिर्से ।
हिथ्रो जाने जहाज लोडिङ सुरु भयो । हामीलाई सुरक्षाजाँचको लाइनमा बस्न भनियो । एक सेक्युरिटी अफिसरले यो के हो ? भन्यो । मैले टुटफुटे अङ्ग्रेजीमा यो नेपाली लोकबाजा हो । यसलाई सारङ्गी भन्छन्, भनेँ । उसले बजाउन लगायो । मैले सारङ्गी बजाएर सुनाएँ केही बेर सुनेर उसले बाटो देखाउँदै यो बाटो जा, तर बजाउँदै जा भनेर पठायो । अन्य यात्रुको भने झोला पनि खोलेर जाँच गरिरहेका थिए ।
अब भने दिनमा उडान हुँदै थियो । यतिका माथिबाट तल हेर्दा कस्तो देखिएला भन्ने जिज्ञासा लागेको थियो । तर केही बेरमा यी झिलिमिली हराउने रहेछन् । बादल पनि तल देखिँदो रहेछ ।
लन्डनको एयरपोर्टमा प्लेन ल्यान्डिङ हुनेबित्तिकै यात्रुहरूलाई आकस्मिक ढोकाबाट बाहिर लैजाने व्यवस्था गरिएको रहेछ । कोभिड खतराको सूचीमा रहेका देशबाट आएका यात्रुका लागि छुट्टै बाटोबाट आवागमनको व्यवस्था मिलाइएको रहेछ । हामीलाई एउटा बसले करिब एक घण्टा घुमाएर गेटमा पुरायो । त्यहाँ लामो लाइन थियो । बिहान ९ बजे लाइनमा बस्न पुगेका हाम्रो साँझ ५ बजे मात्र बल्ल पालो आयो ।
त्यहाँ कागज पत्र देखाएर राहदानीमा छाप लगाउनुपर्ने थियो । कसैकसैको राहदानी वा भिसामा शङ्का लागेमा छुट्टै स्थानमा जाँचको लागि आफैले लगेर जान्थे । कसैकसैलाई लामो सोधपुछ हुन्थ्यो । मेरो कागज जाँच गर्ने अधिकारीले मबाट मेरा कागजपत्र समाए । उनको आँखा सारङ्गीमा पर्यो । उनले यो के हो भनेर सोधे । यो नेपाली लोकबाजा हो । यसलाई सारङ्गी भन्छन् भनेँ । तिमी कलकार भिसामा आएका हौ भनेर सोधे । होइन, म सेटलमेन्ट भिसामा आएको हो । मेरा बा भूपू ब्रिटिस आर्मी हो भनेँ । उनले पनि बजाउन लगाए । मैले बजाएर सुनाएँ ।
त्यहाँ एक जना नेपाली दिदी सेक्युरिटी अफिसर हुनुहुँदो रहेछ । एक जना अनुवादक बहिनी पनि रहेछन् । मेरा सहकर्मी पनि नेपाली हुनुहुन्छ भन्दै उहाँहरूलाई देखाए । उहाँहरू मलाई देखेर हाँस्नुभयो । केही क्लिनर दिदीहरू पनि हुनुहुँदो रहेछ । हामी पनि नेपाली नै हो भाइ भन्दै हुनुहुन्थ्यो । त्यति बेलासम्म मेरो पेपरमा छाप लगिसकेको थियो । मलाई धन्यवाद दिँदै यू आर हर्टली वेलकम मिस्टर राना भन्दै मेरो सबै कागजपत्र दिए । म आफ्नो कागजपत्र समाएर बाहिर निस्केँ ।
उनको आँखा सारङ्गीमा पर्यो । उनले यो के हो भनेर सोधे । यो नेपाली लोकबाजा हो । यसलाई सारङ्गी भन्छन् भनेँ । तिमी कलकार भिसामा आएका हौ भनेर सोधे । होइन, म सेटलमेन्ट भिसामा आएको हो । मेरा बा भूपू ब्रिटिस आर्मी हो भनेँ । उनले पनि बजाउन लगाए । मैले बजाएर सुनाएँ ।
खतराको सूचीमा रहेका देशबाट आएका यात्रुलाई होटलसम्म पुग्न छुट्टै बसको व्यवस्था गरिएको रहेछ । हामी चढेको बस चलाउने पन्जाबी रहेछन् । उनलाई अरूले पठान साहेब भन्दा रहेछन् ।
बसमा चढेपछि फेरि सेक्युरिटीले छुट्टै फारम भराउन थाले । हामी होटलमा पुग्दा साँझ ६ बजेको थियो ।
होटेल क्वारेन्टाइनमा चौबिसै घण्टा रिसेप्सन अलर्टमा छ । आफूलाई आवश्यक खाना तथा पानीलगायतका सरसामान फोन गरेको पाँच मिनेट नहुँदै आउँछ । कोठामा चिया बनाएर पिउन सकिन्छ । चिसो खान मन लागे फ्रिजको व्यवस्था छ । ब्रेड तताएर खान मन लागे माइक्रो ओभन पनि कोठामा नै छ । समाचार हेर्न टिभी चल्छ । त्यसो त इन्टरनेट सुविधा पनि उपलब्ध छ । सामान राख्न दराज छ । राम्रो, सफा आरामदायी बिस्तरा छ । बस्नलाई टेबल र कुर्सी छ । तातोचिसो पानीले नुहाउने व्यवस्था छ । हरेक दिन तातो र ताजा खाना आउँछ । खाना र नास्ता प्रायः समयमा आउँछ । खानामा केही सीमा छन् । तोकिएका खानाका परिकारमध्येबाट रोजेर खाना खानुपर्ने हुन्छ ।
बाहिर वाकिङमा जानुपरे सेक्युरिटीलाई फोन गरेमा बगैँचातिर घुमाउन लैजान्छ । त्यहाँ पनि हरेक कुनामा सेक्युरिटी हुन्छन् । प्रायः बिस मिनेट वाकिङको व्यवस्था मिलाइएको छ । मैले सारङ्गी र बाँसुरी बजाउने गरेकाले यहाँका सेक्युरिटीले जति घुमे पनि घुम्न दिन्छन् । दिनभरि बगैँचा र पार्किङतिर घुम्न पउँदा खासै पत्यार लागेको छैन ।
हाम्रो खाना चिल्लो, अमिलो, पिरो ट्वाक्क हुन्छ । पेट हाँस्ने गरी खाने बानी भएका हामीलाई यहाँको खानामा बानी पार्न मुस्किल हुने रहेछ । तर यहाँको खानामा विविधता भने छ ।
समय समयमा रिसेप्सनबाट फोन गरेर केही समस्या छ कि भनेर सोधिरहन्छ । कुनै स्वास्थ्य समस्या भएमा आकस्मिक स्वास्थ्य सेवा पुराउने व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बसेकाको पिसिआरका लागि स्वाब लिन डाक्टरहरू आउनुपर्ने समयमा आउँछन् । कुनै स्वास्थ्य वा अन्य समस्या भएमा सम्पर्क गर्ने फोन नम्बरको सूचि टेबलमा छ । केही जानकारी भएमा चिठी आइरहन्छ ।
हाम्रो खाना चिल्लो, अमिलो, पिरो ट्वाक्क हुन्छ । पेट हाँस्ने गरी खाने बानी भएका हामीलाई यहाँको खानामा बानी पार्न मुस्किल हुने रहेछ । तर यहाँको खानामा विविधता भने छ । २० ग्रामको महको प्याकसित ब्रेड आउँछ त कहिले फलफूल । कहिले दही राखिएको जैतुनका गेडा मिसिएका सलाद मात्र आउँछ । कहिले दुई सय मिलिग्रामको दुधको प्याकेटसित कर्नफ्लेक्स । जे होस्, सबै खाना कागजको झोलामा आउँछन् ।
यहाँको जुस खाने पाइप पनि पेपरबाट बनेका हुने रहेछ । खाना आउने सबै बट्टा डिस्पोजेबल हुन्छन् । वातावरण जोगाउन हर प्रयास गरिएको छ ।
नेपालमा क्वारेन्टाइनको नाममा केही सार्वजनिक स्थानमा पाल टाँगेर वा केही सरकारी स्कुलका कोठामा गुन्द्री ओछ्याएर तिनै स्थानलाई क्वारेन्टाइन सेन्टर तोकियो ।
ती क्वारेन्टाइन सेन्टरमा पानी पिउने, शौचालय तथा खानपानको केही व्यवस्था गरिएन । आकस्मिक स्वास्थ्य उपचारका कुरा त धेरै परको कुरो भयो । त्यस्तो क्वारेन्टाइन सेन्टरमा को बस्न सक्छ ?
नेपालमा क्वारेन्टाइनको नाममा केही सार्वजनिक स्थानमा पाल टाँगेर वा केही सरकारी स्कुलका कोठामा गुन्द्री ओछ्याएर तिनै स्थानलाई क्वारेन्टाइन सेन्टर तोकियो ।
पहिलो वर्षको लकडाउनमा त लकडाउन भनेको के हो ? कसैलाई केही थाहा थिएन तर दोस्रो पटकका लकडाउनमा त केही व्यवस्थित हुन्छ कि भन्ने आसा थियो केही हुन सकेन, बरु जनता आफैले आफ्ना सम्पूर्ण अत्यावश्यक आवश्यकतालाई पनि पूर्ति नगरेर चुपचाप जहाँको तहीँ बसे । लकडाउन सुरु हुनुभन्दा पहिले गन्तव्यमा पुगेर व्यवस्थित भएर बसे । त्यसैले दोस्रो पटकको लकडाउनमा पहिलेको तुलनामा बाटोमा अलपत्र हुने, भोकभोकै पैदल हिँड्नेको समाचार कम सुन्नमा आयो । जे होस्, हामीले लकडाउनको नाममा कठोर सास्ती पाएकै हौँ ।
तर जे होस यहाँको व्यवस्था देख्दा कोरोना विनाश होइन रहेछ, नयाँ सुरुवातको सिर्जना पनि हो । यहाँ लकडाउनको नाममा बाहिर निस्कनै नपाउने भन्ने छैन । धेरै जसो क्षेत्र खुल्ला छन् । खोल्न नमिल्ने प्रतिष्ठान बन्द छन् । कोरोना महामारीको कारणले रोजगार गुमाउनुपरेका र घाटा बेहोरिरहेका व्यवसायीलाई राज्यले राहत दिएको छ । लकडाउनको बेलामा सार्वजनिका यातायात निरन्तर चलिरहेका छन् । राज्यले नाफा नहेरेर सामाजिक सुरक्षा हेर्ने हो भने ठुलो रोजगारी र व्यवसायको व्यवस्था हुन सक्छ । व्यापार व्यवसाय चलायमान राख्न सकिन्छ भन्ने देखिन्छ । हाम्रो जीवन सकिएला, रोगको महामारी नसकिएला तर बाँच्ने र बचाउने प्रयासमा सधँ सँगै हुने छौँ ।