• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

क्रान्तिकारी कवि–लेखक


  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    क्रान्तिकारी कवि–लेखक समयले माग्यो ।
    संसारले भन्नुपर्छ अँधेरोले भाग्यो ।।
    पधेरोका मर्महरू अब लेख्नुपर्छ ।
    पधेरोलार्ई नयाँ युगमा आऊ भन्नुपर्छ ।।

    Advertisement

    नबुझेर अल्मलिए अब जुर्मुराउँछन् ।
    पानी बोक्ने दिदीबहिनी जुरुजुरु उठ्छन् ।।
    दिन पनि पसिनामा रात पसिनामा ।
    अँधेरोमा पानी बोक्दै जीवन गयो आसमा ।।

    काम नगरी खान हुन्न काम पनि गर्ने ।
    दिनरात पसिनामा कैले आराम गर्ने ।।
    क्रान्तिकारी कवि–लेखक किन नबोलेको ।
    पधेरोका पीडा मर्म किन नलेखेको ।।

    पिल्सिएका दिदीबहिनी आमालार्ई डाक्ने ।
    त्यै पधेरा हुनुपछँ नयाँ युग हाँक्ने ।।
    त्यहीँबाट आउनुपर्छ जनलेखक–कवि ।
    त्यहीँबाट आउनुपर्छ चेतनाको छवि ।।

    दरबारका थाल चाट्ने हाम्रा कवि हैनन् ।
    पधेरोका पीडा मर्म कैले लेख्ने छैनन् ।।
    समयलार्ई उल्टोतिर घुमाउन लेख्छन् ।
    जीवनभरि दरबारका थाल चाटेर बस्छन् ।।

    जनताको मर्म लेखे थाल खोसिने डर ।
    उल्टो कर्म गरिकन बनाएका घर ।।
    कुटुकुटु कुटिलकोसा खाई बाँचेका मर्म ।
    भारी अनि पानी बोकी जीवन बित्या कर्म ।।

    हाम्रा सचेत आँखाहरू त्यही पुग्नुपर्छ ।
    त्यहीँबाट युग फेर्ने बिगुल बज्नुपर्छ ।।
    पधेरोको अँध्यारोलाई नपन्छाई हुन्न ।
    सत्य देख सत्य लेख डराएर हुन्न ।।

    सैतानको शासन हो यो सत्य छेक्न खोज्छ ।
    हाम्रो कलम झनै तिखो पर्दै लेख्नुपर्छ ।।
    कलमको चेतनालाई सङ्गिन बनाउने हो ।
    सङ्गिनबाट संसारलाई रङ्गिन बनाउने हो ।।

    पधेरोले उज्यालोमा आउँदा खुसी लाग्छ ।
    त्यो ठाउँमा अँधेरोले कहाँ बस्न सक्छ ।।
    कलममा तागत हुन्छ सानो तिखो चुच्चो ।
    युग फर्ने कलम कैलै हुन दिन्नौँ बुच्चो ।।

    सैतानको डर मान्ने दिन अब गए ।
    पीडाहरू तगतमा बदलिएर आए ।।
    संसारलाई बदल्ने हो मानिसको हितमा ।
    रमाउने छन् पँधेराले सृजनाको जितमा ।।

    कवि–लेखक बस्ती बस्ती कलम लगी जाऊ ।
    सैतानका किल्लाहरू भत्काउँदै जाऊ ।।
    जीवनगीत गाउनुपर्छ मानिसले बुझ्छन् ।
    बुझे भने सैतानको शासन किन पुज्छन् ।।

    हैन हाम्रो छैन न्याय ढाँटी खाने बाटो ।
    उल्ट्याएर ल्याउनुपर्छ न्याय दिने बाटो ।।
    सैतानको साशानले बिहानीलार्ई छेक्यो ।
    यी पँधेरा उठ्छन् अब सही के हो देख्यो ।।

    क्रान्तिकारी भन्नेहरू सकिएर गले ।
    गइमरेको शासनका काखमाथि ढले ।।
    झुट कस्ले भन्न सक्छ सत्य घामलार्ई ।
    सामन्तको काखमा सुत्ने क्रान्तिकारीलार्ई ।।

    सैतानको सेवा सिको क्रान्तिकारी हुन्न ।
    आस किन गर्नुपर्यो सैतानले दिन्न ।।
    कवि–लेखक क्रान्तिको कलम चलाईदेऊ ।
    कलमबाट सैतानको शासन जलाईदेऊ ।।

    कलमको चेतनामा शान्त शीतल हुन्छ ।
    त्यै कलमको चेतनामा आगो भर्भराउँछ ।।
    कलमको चेतनाले सत्य देख्छ लख्छ ।
    सत्य छेक्ने सैतानको नामनिसाना मेट्छ ।।

    किन हुन्न सैतान हा मान्छे अघि आउन ।
    खबरदार दमन गर्ने कानुन बन्नु हुन्न ।।
    मक्किएका कानुनलाई मक्किएको टालो ।
    दमन गर्ने सैतानका गयो अब पालो ।।

    लेखकको कलमले कठालोमा छोप्ला ।
    सैतानको शासनलाई धुलो पिठो पर्ला ।।
    कवि–लेखक सैतानको पोल खोल्नुपर्यो ।
    यतिन्जेल सैतानले अन्धकार छर्यो ।।

    अन्धकारसँगै फाल्ने सैतानको शासन ।
    नयाँ नयाँ सृजनाका मुनाहरू हासुन् ।।
    हाम्रा कला कलकल बग्ने मिठो पानीजस्ता ।
    धुपिलोका समयमा पिऊँ पिऊँ जस्ता ।।

    निमुखालाई निमोठेको हेर्न सकिँदैन ।
    न्याय सत्य लेख्न हाम्रो कलम रोकिँदैन ।।
    हाम्रो कलम आकाशका तारासँग बोल्छ ।
    कलमसँग घाम छेक्ने बादल डराउँछ ।।

    अन्यायको महामारी सैतानको शासन ।
    त्यै रोगमा मान्छेहरू तड्पिरहेका छन् ।।
    कराउँदै हिँड्ने रोग हाम्लाई लाग्या छैन ।
    सैतानको शासनले सुख्ख दिँदै दिन्न ।।

    आदेश मान्ने कलम हैन सत्ता शासनको ।
    प्रिय कवि प्रिय लेखक जनजागरणको ।।
    गोली बन्दुक पड्किँदैन हाम्रो हातबाट ।
    सैतानको शासन फाल्छौँ सानो कलमबाट ।।

    कलमको सानो चुच्चो एक थोपा मसी ।
    बनाउँछौँ सैतानलाई झुन्ड्याउने रसी ।।
    अन्यायले खान आए कलमले हान्छौँ ।
    कलम बोकी गरिबका घरआँगनमा पुग्छौँ ।।

    जनताका कवि–लेखक प्रष्ट हुन पर्छ ।
    प्रष्टबाट भ्रष्ट शासन तब उखेलिन्छ ।।
    केश फुल्दैमा पाको हुन्न हुन्छ विचारमा ।
    संसारलाई हिँडाउने हो नयाँ दर्शनमा ।।

    विचारको दर्शन भन्छ सैतान चाहिँदैन ।
    चाहिँदैन समाजलाई सैतानको ज्ञान ।।
    कवि–लेखक कलमको दिमाग दह्रो पार ।
    दह्रो दिमाग सैतानको लुलो शासन झार ।।

    जता हेर्यो दोषैदोेष राम्रो कहाँ छ र ।
    कवि–लेखक नराम्रोलाई मिल्काउने गर ।।
    कलमले गल्र्यामगुर्लुम दरबार ढाल्नुपर्छ ।
    तिखो लेखन तरबारको धार बन्नुपर्छ ।।

    कलमबाट फाल्नुपर्छ यतिन्जेलको मैलो ।
    सैतानको शासन फाले बल्ल खुल्छ दैलो ।।
    कवि–लेखक बाँडिएर भाँडिएर हुन्न ।
    जनताको पीडाबाट टाढिएर हुन्न ।।

    क्रान्ति रोक्ने तागत कसको दिन आजको हैन ।
    यै शासनको सेवा गर्ने सेवक चाहिँदैन ।।
    पधेरोका मर्म जागे अँध्यारोले जान्छ ।
    डर बोकेर बाँच्नुहुन्न सैतानले खान्छ ।।

    जनताले जीवनतिर फर्किएर हेर्नुपर्यो ।
    बालदेखि वृद्ध जीवन के गरेर गयो ।।
    जमिनमा हाड घोटी किसानको गयो ।
    पसिनामा सैतानले गर्नु चइन गर्याे ।।

    यो होला कि त्यो होला कि भन्दै जीवन बिते ।
    जनताको हार भयो सैतानले जिते ।।
    कोही गए क्रान्ति भन्दै जन रगत माग्न ।
    रगत मागे क्रान्ति लगे भोगविलास गर्न ।।

    विजयको बिगुल बज्यो भन्दै हिँडेका छन् ।
    त्यै पुरानो सैतानको शासन जितेका हुन् ।।
    न त गयो पधेरोको कालो अन्धकार ।
    न त भयो कामदारको बास बस्ने घर ।।

    कवि–लेखक जागृतिका साहसिला गीत ।
    संसारमा गाउँदै जाउ सबैको मान जित ।।
    मन मात्र जित्ने हैन हित पनि गर ।
    संसारमा जता पनि न्यायनिसाप गर ।।

    जनताको साहित्यलाई देख्न नरुचाउने ।
    जनताका पीडा मर्का लेख्दा सानो हुने ।।
    समाजलाई तल देख्ने कस्तो लेखक हुने ।
    सैतानको शासनमा लुटुपुटु गर्ने ।।

    जनताको आँखा खोल्ने कवि–लेखक आऊ ।
    सुन्दर संसार निर्माणका जित्ने गीत गाऊ ।।
    सैतानको शासनसित नडराई लेख ।
    आज कठिन भोलि सुन्दर संसारलाई देख ।।

    रचनाको हतियारले सैतानलाई ठोक ।
    सुन्दर संसार निर्माणको अभिभारा बोक ।।
    नहिँडाऊ दिनरात पानी पँधेरोमा ।
    नकुराऊ जिन्दगानी कालो अँधेरोमा ।।

    त्यहाँ दिनुपर्छ कवि चेतनाको राँको ।
    डाँको गर्ने सैतानको तिन्ले खान्छन् सातो ।।
    सैतानको शासन चल्यो हतियारको बलले ।
    हतियार नास गर्छ हाम्रो सृजनाले ।।

    संसार फेर्ने दह्रो दर्शन हाम्ले पक्डेका छौँ ।
    दर्शनको सृजनामा हामी हिँडेका छौँ ।।
    हाम्रो कला दर्शनको रसबाट आयो ।
    सैतानको शासनबाट मुक्त हुन गायो ।।

    हाम्रो कला सत्य बोल्ने हृदयको रस ।
    रस पिउँदै विचारको छहारीमा बस ।।
    किसानका कवि–लेखक हातमा ठेला देख्छौँ ।
    तिनै ठेला जीवन जिउने दर्शन बनाउँछौँ ।।

    ठेला देख्छौँ ठेला भित्र विश्वचित्र देख्छौँ ।
    त्यै चित्रले बिउँझाएको विश्वचेत लेख्छौँ ।।
    चेतबाट विश्वक्रान्ति मानव मुक्ति देख्छौँ ।
    कलमको चुच्चोबाट बाटो सोझाइदिन्छौँ ।।

    विचारले कलमलाई तिखारेका हामी ।
    दिमागबाट सैतानका डर निकालेका हामी ।।
    तिखा काँडा टेक्नुपरे टेक्न डराउँदैनौँ ।
    हाम्रो कर्म सृजना हो बाटो बिराउँदैनौँ ।।

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.