तानसेन । राष्ट्रिय जनमोर्चा रामपुर नगर समितिले प्रस्तावित कालीगण्डकी–तिनाउ डाइभर्सन कार्यक्रमको विरोध गरेको छ ।
नगर अध्यक्ष पदमबहादुर पौडेलको हस्ताक्षरमा २०७८ असार २२ गते जारी प्रेसवक्तव्यमा राजमो रामपुरले सो जानकारी दिएको हो ।
वक्तव्यमा कालीगण्डकी डाइभर्सन परियोजना त्यस क्षेत्रका नागरिकको भावना विपरीत रहेको बताइएको छ ।
“कालीगण्डकी डाइभर्सन नदी मात्र नभएर सभ्यता पनि रहेकाले चितनदेखि धादिङ हुँदै पाल्पासम्म फैलिएको कालीगण्डकी प्रवाहक्षेत्रको अस्तित्व जोगाउने जिम्मा प्रदेशवासी सबै नागरिकको रहेकाले आन्दोलिन हुन आग्रह गर्दछौँ” वक्तव्यमा अगाडि भनिएको छ– “परियोजना अघि बढाउने नीतिगत निर्णय गरेको सरकार तथा कार्यान्वयन गर्ने दुवै सरकार समर्थित दलबाट यस आन्दोलनमा धोका हुन सक्ने भएकाले सचेत रहँदै सङ्घर्षको मैदानमा उत्रन राष्ट्रिय जनमोर्चा रामपुर जनतामा अपिल गर्दछ ।”
