काठमाडौँ । विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनहरूले आज राजधानीमा संविधान प्रदर्शन गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले संविधान मिचेको भन्दै अखिल (छैठौं) सहितका विद्यार्थी सङ्गठनले ‘संविधान प्रदर्शन’ गरेका हुन् ।
विद्यार्थी सङ्गठनले आज माइतीघरमा संविधानको अतिक्रमण गरिएको भन्दै त्यस विरुद्ध ‘संविधान प्रदर्शन’ गर्दै प्रतिनिधि सभा विघटन गर्दै प्रधानमन्त्री ओली निरङ्कुश बन्दै गएको आरोप संयुक्त विद्यार्थी सङ्गठनले लगाएका छन् ।
प्रदर्शनमा अखिल (छैठौं), नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनको सहभागिता रहेको थियो ।
सो क्रममा उनीहरूले ‘राष्ट्रपति प्रधानमन्त्री संविधान पढ’ भन्दै संविधानको किताबसमेत प्रदर्शन गरेका थिए ।
त्यस्तै, वर्तमान सरकारले महङ्गी बढाएको, जनताको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै नाराबाजी गरेका थिए ।