• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोना, कृषि र राज्यको दायित्वबारे चार किसान संगठनको अन्तरक्रिया


  •   बुधबार, असार १६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । “कोभिड–१९ ले किसानमाथि परेको असर र राज्यको दायित्व” विषयमा चार किसान सङ्गठनले भर्चुअल अन्तरक्रिया सम्पन्न गरेका छन् ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घको आयोजनामा २०७८ असार १६ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमको पूर्वाद्र्धमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले चार किसान सङ्गठनको तर्फबाट आधारपत्र प्रस्तुत गर्नुभएको थियो । तत्पश्चात् त्यसमाथि धारणासहितको मन्तव्य राख्ने क्रम अघि बढेको थियो ।

    किसान सञ्जालका नहेन्द्र खड्काले कार्यक्रममा मन्तव्य राख्दै सरकारले भूमि बैङ्कमार्फत जमिन एक ठाउँमा ल्याउँदै दलाल पुँजीपति र बहुराष्ट्रिय कम्पनीलाई सो जमिन सुम्पिन कन्ट्रयाक्ट फार्मिङ र कृषिमा विदेशी निवेशको नीति अगाडि सारेको बताउनुभयो ।

    कुखुरा पालक किसान एकलाल श्रेष्ठले सबै किसानहरू एकजुट भएर सशक्त आन्दोलन नगर्दासम्म सरकारले किसानको पक्षमा ठोस काम गर्न सक्ने स्थिति नरहेको बताउनुभयो । किसानहरू छरिएर रहेकाले उनीहरू शक्ति एकीकृत हुन नसकेको उहाँको भनाइ थियो ।

    अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का महासचिव धनेश्वर पोखरेलले सरकारले सरकारी अनुदान आफ्ना आसेपासेलाई मात्रै बाँडेको बताउनुभयो । उहाँले दक्षिणी सिमानामा रहेका किसानको समस्याबारे सरकार उदासिन रहेको आरोप लगाउनुभयो ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसी सापकोटाले नेपाल विश्व व्यापार सङ्गठनमा समावेश भएका कारण कृषि परनिर्भर बन्दै गएको बताउनुभयो । उहाँले भारतसितको खुल्ला सिमानाका कारण पनि नेपाली किसानले जमिन, प्रविधि र बजारको उचित प्रतिफल पाउन नसकेको बताउनुभयो ।

    धानविज्ञ डा. भोलामान सिंह बस्नेतले कृषि विषय पढेर र व्यवहारमा त्यसलाई प्रयोग गरेर विज्ञ बनेका कृषिविज्ञलाई प्रत्येक गाउँपालिकामा पठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले कृषिमा उत्पादन बढाउनका लागि आमसञ्चार र सुरक्षाकर्मीको समेत सहयोग लिनुपर्ने अवधारणा प्रस्तुत गर्नुभयो । चैतेधानको उत्पादकत्व बर्खेधानको तुलनामा बढी भएकाले त्यसप्रति केही बढी ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

    कृषिविज्ञ डा. उम्मेद पुनले कृषिसम्बन्धी अनुसन्धान गराउनका लागि न्यूनतम रूपमा प्रत्येक गाउँपालिकासित आफ्नै स्वामित्वको १०० रोपनी जमिनको व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले कृषि कलेजलाई साधनश्रोतयुक्त बनाउनुपर्ने तथा केन्द्रीयस्तरमा कृषि काउन्सिलको स्थापना हुनुपर्ने विषयमा जोड दिनुभयो ।

    नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले व्यापारघाटाको नाममा नदीजन्य पदार्थ निर्यात गर्ने अवधारणा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाकै पालमा आएको, तर अहिले मात्रै बजेटमा समेटिएको बताउनुभयो । उहाँले कालीगण्डकी डाइभर्सन योजनालाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतीय स्वार्थमा आएको बताइसकेको स्मरण गर्नुभयो ।

    कृषि तथा वन विशेषज्ञ कृष्ण पोखरेलले निजी वन र कृषि वन दुवैलाई संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले नीतिगत रूपमै यी दुवै प्रकारका वनको माझमा सामञ्जस्यता उल्लेख गर्नुपर्ने बताउनुभयो ।

    विज्ञ बद्रिनाथ अधिकारीले ६५ प्रतिशत किसान कृषिमा निर्भर रहेको भनिए पनि नेपालमा उनीहरू आवश्यक साधनश्रोतबाट वञ्चित भएको बताउनुभयो । उहाँले राज्यको गैरजिम्मेवार नीतिका कारणले नेपाली किसान आवश्यकतानुसारको उत्पादन गर्न असक्षम रहेको बताउनुभयो ।

    अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी–केन्द्र) का चित्रबहादुर श्रेष्ठले राज्यकै कृषिसम्बन्धी गैरजिम्मेवार नीतिका कारणले किसानका सामु चुनौती थपिएको बताउनुभयो । किसानले मल, बिउ, किटनासक औषधि समयमै नपाएको प्रसङ्ग उठाउँदै यस्तो अभिव्यक्ति दिनुभएको थियो ।

    कृषिविज्ञ उद्धव अधिकारीले पछिल्लो समयमा किसानहरू पलायन हुँदै गइरहेकोतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले ८० प्रतिशत साना तथा मझौला किसानको अवस्था गम्भीर रूपले खस्कँदै गइरहेको बताउनुभयो ।

    अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङको अध्यक्षता तथा अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदीको सञ्चालनमा अघि बढेको थियो ।

    कार्यक्रममा अखिल नेपाल प्रगतिशील किसान युनियनका महासचिव धर्मेन्द्र चौधरी र फ्याक्ट नेपालकी गङ्गादेवी राईले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    आधारपत्र र विज्ञका मन्तव्यमाथि आधारित रहेर फ्लोरबाट टङ्क प्रसाद, मेघराज ढकाल, भागिरथ शर्मा, माधव आचार्य, शिवहरि खनाल, गङ्गाधर शर्मा, ठाकुर खनाल, निलगोविन्द महर्जनलगायतले टिप्पणी गर्नुभएको थियो ।

    बुधबार, असार १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.