• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सम्पादकहरूसँग सभासामुख सापकोटाले भने : संसदको अवमूल्यन स्वीकार्य छैन


  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग समसामयिक विषयमा छलफल गर्नु भएको छ ।

    Advertisement

    नयाँबानेश्वरस्थित संसद भवनमा आज भएको छलफलको सुरुवातमा धारण राख्दै सभामुख सापकोटाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक पटक हनन् भएकोमा चिन्ता व्यक्त गर्दै प्रतिनिधि सभाको अवमुल्यन किमार्थ स्वीकार्य नहुने बताउनु भयो ।

    राज्यका तीन अंगबीचको सन्तुलन नराम्रोसँग बिग्रिएको बताउँदै उहाँले राजनीति र प्रशासनिक सन्तुलन पनि बिग्रिएको बताउनु भयो ।
    बेलायतको संसदमा नेपालको कोभिड संकटका बारेमा छलफल भएको तर प्रतिनिधि सभामा यो छलफल हुन नपाएको भन्दै सभामुख सापकोटाले देशमा कानुनको सर्बोच्चता नमान्ने अवस्थाको सृजना हुनु दुखद भएको बताउनु भयो ।

    हाल देशमा बहुआयामीक संकट आइपरेको बताउँदै सभामुख सापकोटाले यस्तो बेला जनतालाई राज्यका तीन अंगले कसरी काम गरिरहेको छ भनेर जानकारी दिनु पर्ने धारणा राख्नु भयो । उहाँले संघीय संसदको नेतृत्वको हिसाबले संविधानको परिधिभित्र रहेर खेल्ने भूमिका के हुन सक्छ, भन्दै खुलेर सुझाव सल्लाह दिन सम्पादकहरुसँग आग्रह गर्नुभयो । सभासामुख सापकोटाले आफूले राष्ट्रिय हित, संविधान र लोकतन्त्रको रक्षार्थ प्रभावकारी हस्तक्षेपका लागि बल गरिरहेको बताउनु भयो ।

    संघीय संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा प्रिन्ट र इलेक्ट्रोनिक मिडिया आवद्ध (अनलाइन र टेलिभिजन) का सम्पादकहरुको सहभागिता रहेको थियो ।

    छलफलमा कान्तिपुर दैनिककका सुधिर शर्माले केही बर्षयता राज्यका तीन अंगकाबीचमा सन्तुलन बिग्रिएको चर्चा गर्दै गत फागुन ११ गते पुनर्स्थापना भएपछि संसद आफैं सक्रिय हुन नसकेको टिप्पणी गर्नु भयो । उहाँले संवैधानिक नियुक्तिका सन्दर्भमा सभामुखको धारणा बारे जिज्ञासा राख्नु भयो ।

    देशसंचार डटकमका युवराज घिमिरेले वि सं २०१७ साल देखिको संसद विघटनको कारण विश्लेषण गर्नुपर्ने, गुमेको अधिकार सन्दर्भमा खुला बहस हुनुपर्ने र अध्यादेश, संबैधानिक नियुक्ति र राजदूत नियुक्तिका सन्दर्भमा सदनको अधिकार सन्दर्भमा कडा रूपमा प्रस्तुत हुन सुझाव दिनुभयो ।

    छलफलमा इकागजडटकमका हरिबहादुर थापाले पुनर्स्थापित संसदले प्रधानमन्त्रीको गलत कदमको सन्दर्भमा संकल्प प्रस्ताव ल्याउनु पर्नेमा त्यो हुन नसकेको धारणा राख्नु भयो ।

    रातोपाटीडटकमका अरुण बरालले सभामुखले लिन सक्ने सम्भावित निर्णयका सन्दर्भमा जिज्ञासा राख्नुभयो । नेपाल समाचारपत्र दैनिकका कपिल काफ्लेले शक्ति पृथकीकरणकको सिद्धान्त अनुसार व्यबस्थापिकाले सशक्त भूमिका निभाउनुपर्ने धारणा राख्दै विघटित सांसदहरुसंग भेला र छलफल चलाउनु उपयुक्त हुने बताउनु भयो ।

    नागरिक दैनिकका गुणराज लुइंटेलले सर्बोच्च अदालतले प्रधानमन्त्रीको पहिलोपल्ट गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक भनेको चर्चा गर्दै असंवैधानिक काम गर्दा जनता दण्डित हुनुपर्ने तर प्रधानमन्त्रीलाई किन केहि नहुने भनि प्रश्न गर्नु भयो ।

    नयाँ पत्रिका दैनिकका कृष्णज्वाला देवकोटाले अहिलेको खेल झेला गरेर जित्न खोजेको नभई खेल मैदान नै भत्काउने खालको भएको टिप्पणी गर्नु भयो ।

    अनलाइनखबरका शिव गाउँलेले सभा विघटन भएपनि संस्था जिवितै रहेकोले सभाले गर्ने भनेको बाहेक सबै कामकारबाही गर्न संविधानले सभामुखलाई छुट दिएकोले सोहि अनुसार भूमिका निभाउन सुझाव दिनुभयो । उहाँले संसद तथा प्रेस एक ठाउँमा उभिएर गलत कामको प्रतिकार गर्नुपर्ने बताउनु भयो ।

    अन्नपूर्ण पोस्ट दैनिकका अखण्ड भण्डारीले दोश्रो पछी तेश्रो पनि विघटन भएमा सभामुखको तयारी के छ भनेर जिज्ञासा राख्नु भयो । राजधानी दैनिकका सागर पण्डितले सहकार्य, सह अस्तित्व र समन्वयमा साझा भूमिकामा सभामुख सहभागी हुन र सरकारले एजेन्डा नदिएपनि आफै एजेन्डा तय गरी सदन प्रभावकारी ढंगले संचालन गर्न सुझाव दिनुभयो । बाह्रखरीडटकमका प्रतीक प्रधानले खोप, बाढी, नीति तथा कार्यक्रम, बजेट अध्यादेश लगायतका जनताका समस्यामा सभामुखले प्रश्न उठाउने र सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।

    प्राइम टिभिका ऋषि धमलाले जनताले सभामुखबाट सशक्त भूमिकाको अपेक्षा गरेको, संसद पुनस्र्थापना हुँदा सभामा प्रधानमन्त्रीलाई रुलिंग गर्नुपर्ने बताउनु भयो ।

    शिलापत्र डटकमका बसन्त बस्नेतले संसद पुनस्र्थापना भएमा विगतको पाठ सिकेर सशक्त भूमिका खेल्न र संसद प्रभावकारी बनाउन सुझाव दिनु भयो ।

    अन्तमा सभामुखले विगत र हालको संसद विघटनको अवस्थामा आफुले खेलेको भूमिकाको जानकारी गराउँदै राज्यका चौथो अंगको रूपमा रहेको संचार जगतको साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भयो ।

    सभामुख सापकोटाले यसअघि गत जेठ ११ गते पूर्व सभामुखहरूसँग, १३ गते संविधान एवं कानुनविदहरूसँग र २८ गते प्रतिनिधिमा प्रतिनिधित्व गर्ने दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्नु भएको थियो ।

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.