बसन्त खड्का, सन्धिखर्क ।
अखिल नेपाल युवक सङ्घ जिल्ला समिति अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
सङ्घले कोरोना नियन्त्रणमा सरकारको उदासिनता, बढ्दो महङ्गी, कोभिडका कारण सिर्जित थप बेरोजगारीजस्ता समस्याको तत्काल समाधानको पहल गर्न सरकार अग्रसर हुनुपर्ने भन्दै आज प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइएको हो ।
सरकारले चुरेदोहन नीति अबलम्बन गर्दै ढुङ्गा, गिटी, बालुवाको निकासी गर्न खोज्नु प्रकृतिमाथिको अपराधका साथै देशलाई मरुभूमीकरण गर्न सरकार उद्यत रहेको पनि सङ्घले आरोप लगाएको छ । नागरिकलाई तत्काल खोपको व्यवस्था र प्रतिगमनको अन्त्य गर्दै जनतालाई कानुनी राज्यको अनुभूति दिलाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
युवक सङ्घका जिल्ला उपाध्यक्ष कृष्ण खनाल, सचिव ठाकुर पन्थी सुनार, कोषाध्यक्ष बसन्त खड्का र सहसचिव राजु सुनारसहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको थियो ।

