• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

संसद र कोरोना


  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    संसदबाट हुने भए अमेरिकामा हुन्थ्यो ।
    संसदबाट हुने भए भारत किन रुन्थ्यो ।।
    जनता मार्ने कोरोनालार्ई केही हैन भन्ने ।
    धनी देशमा गरिब जनता अकालमा मर्ने ।।

    Advertisement

    कोरोनाको महामारी खिसिट्युरी गर्ने ।
    फलानोको भाइरस भन्दै जनता मर्या हेर्ने ।।
    यस्तो छुसी संसदको केको आसा गर्ने ।
    किन होला धनी देशमा यति धेरै मर्ने ।।

    हेराइको प्रतिक्षामा गएका छन् दिन ।
    खोजी गर्ने बेला भयो जनता मरे किन ?
    भेदभाव नमेटेको संसदले किन ।
    बराबरी नगरेको संसदले किन ।।

    देश धनी जनता दुःखी कस्तो नीति होला ।
    कठैबरा गरिबले के बाँचेको होला ।।
    उसको पनि जिन्दगी हो के साँचेको होला ।
    मालिकको काम गरी कति पायो होला ।।

    नहुनेलाई संसदले के दिएको छ र ।
    संसदले दिने भए महामारी हेर ।।
    बिपत्ति र बिचल्ली छ संसदको देशमा ।
    हेर्दैकुर्दै गयो जीवन संसदको आसमा ।।

    कोरोनाले भनिसक्यो संसदबाट हुन्न ।
    मानको तितो पोख्ने गथलो जनहितमा हुन्न ।।
    जनताले आसा नगर संसदले दिन्न ।
    यै पाराले हो भने त रोग कैलै जान्न ।।

    हनुमानको पगरी त ढेडुले गुथेको ।
    मै हुँ भन्दै कालो संसद ठाडो भई उठेको ।।
    संसदको लामो यात्रा झगडामा गयो ।
    आरोप र सत्ता खोस्ने दाउ पेचमा गयो ।।

    खुट्टा तान्न सिकाउने संसदबाट सिक ।
    खसीबोका बिक्ने मानका संसदमा बिक ।।
    के छ त खै संसदमा यौटा पनि ठिक ।
    मान्छे पनि संसदमा बस्तुभाउमा बिक ।।

    संसारका संसदमा कुर्सी भाँचिएको ।
    संसदको इतिहास घातक देखिएको ।।
    कोरोनाले भन्यो संसद चियापसलजस्तो ।
    चुरोटको धुवाँ फाल्दै तिमालिएजस्तो ।।

    कोरोनाका कहरमा कसको ग¥यो भलो ।
    साँचै हो नि संसद त गफ गर्ने थलो ।।
    गालीलाई ताली दिन्छन् झुटा तारिफ गर्छन् ।
    आपसमा दाह्रा किट्छन् टोक्लान् कि झैँ गर्छन् ।।

    संसारलाई थला पार्ने महामारी आयो ।
    संसदमा मानवीय भाव कहाँ गयो ।।
    मैले पाइनँ मलाई चाहियो कोही भन्छ दिन्न ।
    विगत र वर्तमान संसद लाग्छ खिन्न ।।

    कोरोनाको यति ठुलो कहर आउँदा पनि ।
    हाँसीमजाक ठट्टा गर्छन् झम्टाझम्टी पनि ।।
    कसले कसका जुँगा गोड्ने संसदमा रिस छ ।
    त्यै रिसको बिषले संसार घाइते बनेको छ ।।

    काम गर्ने मानिसले ठाउँ कतै नपाउने ।
    काम गर्ने विज्ञानका हात समाउने ।।
    विज्ञानले धपाउँथ्यो कोरोनाको कहरलाई ।
    मार्नलाई दिँदैनथ्यो विश्व मानवलाई ।।

    संसदको बाङ्गो नाङ्गो बानी साह्रै नराम्रो ।
    भाग्यवाद जन्माइदिन्छ झनै नराम्रो ।।
    कानुन बन्ने थलो भन्छन् बाङ्गा कानुन घुमेका ।
    बन्छनु कानुन जनताको हक भुुलेका ।।

    संसदले बाटो छेक्छ हत्या, दमन गरेर ।
    कहाँ जाने जनताले गुहार मागेर ।।
    कोरोनाले टप्प टिप्दा बोल्ने ठाउँ पाइएन ।
    संसदमा मागौँ भने कान सुन्दैन ।।

    देखाउने दाँत संसद चपाउन मिल्दैन ।
    महामारी जत्रो आओस् संसद बोल्दैन ।।
    रङ्गशालाजस्तो लाग्छ कुस्ती खेल्छन् संसदमा ।
    झगडाको बिउ छर्ने संसद संसारमा ।।

    कोरोनाले हाँसेको छ संसदले हेर्या छ ।
    सङ्कटमा हेर्ने संसद फाल्नुपर्या छ ।।
    मसानघाट बन्लाजस्तो संसदको सफलता ।
    कोरोनाले गराएको विश्व बेपत्ता ।।

    यति ठुलो कहर आउँदा पिरचिन्ता छैन ।
    संंसदमा मानवीय भाव हुँदै हुन्न ।।
    कोरोनाले कसलार्ई खायो नहुनेलार्ई खायो ।
    हुने धनी संसारमा उपचार पायो ।।

    संसदले कोरोनालार्ई खिल्ली उडाएको ।
    यति ठुलो क्षति हुँदा चिन्ता नमानेको ।।
    संसदभित्र हानमारमा बच्नलार्ई गाह्रो ।
    जनताको पक्ष लिने हुन्छ त्यहाँ तारो ।।

    जनताको पसिना खाई निदाएका हुन्छन् ।
    रातभरि के गर्छन् र संसदमा घुर्छन् ।।
    रोगलाई धम्की दिने हप्काउने पनि ।
    रोगलाई राजनीतिको रङरोगन पनि ।।

    रोगलाई सराप र गाली गर्दै बस्ने ।
    कोरोना रोग फैलिएर संसारलाई डस्ने ।।
    शीतल तापी आरामले घुर्न पाउने थलो ।
    काम नगरी कुरा काटी बस्न पाउने थलो ।।

    संसारले भन्नुपर्यो संसदबाट हुन्न ।
    भनिसक्यो कोरोनाले संसदबाट हुन्न ।।
    कोरोनाले संसारबाट मान्छे टिपेको छ ।
    संसारले महामारी भोगिरहेको छ ।।

    जनताले ओखती र उपचार मागे ।
    मर्नेलाई समवेदना दिइकन भागे ।।
    संसारमा संसदको यस्तै रूप हुन्छ ।
    दुःख पर्दासाथ दिन्न सङ्कटमा पर्छ ।।

    संसदमा घुर्नलाई पठाएको हैन ।
    संसदका कुर्सीहरू सुत्नलाई हैन ।।
    संसदमा ज्ञान छैन कुर्सी भाँचिएका ।
    अविवेकी बस्ने थलो पुच्छर नभएका ।।

    संसारका संसदको यौटै रूप हुन्छ ।
    जनताको पिरमर्का कसले कुरा सुन्छ ।।
    कोरोनाले यति ठुलो क्षति भयो आज ।
    किन होला संसदलाई नलागेको लाज ।।

    लाज मानेको संसद भए रोग किन आउँथ्यो ।
    यति धेरै मानिसको जीवन किन जान्थ्यो ।।
    संसरका संंसदले लाज फालिसके ।
    जमिनमा यति धेरै मान्छे हालिसके ।।

    संसदलाई मानवीय भावनाले छुन्न ।
    भेडा जुध्ने थलोबाट मान्छेको हित हुन्न ।।
    असफल भइसकेको संसदको बाटो ।
    त्यहीँबाट समाजमा आएको छ फाटो ।।

    त्यहीँबाट किला ठोक्छन् देश खण्ड गर्ने ।
    त्यहीँबाट भएको छ जातिभेद गर्ने ।।
    संसदबाट देशसँग देश गाभिएका ।
    संसबाट हक भन्दै देश टुक्रिएका ।।

    रूप हेर्दा मानिसको साँढे डुक्रिएका ।
    संसदमा हेर मान्छे छाडा छेक्राएका ।।
    छेक्राउन पाउने थलो संसदमा भयो ।
    संसदको बाटो हेर्दा सारा जीवन गयो ।।

    संसदका धनी देशमा अति क्षति भयो ।
    रोगलार्ई पनि गाली गर्ने धुर्त बानी भयो ।।
    धनी देशका अस्पतालमा कोेरोनाका लास ।
    संसदमा जीवन छैन नगर्नू है आस ।।

    संसदका आँखा बन्द कोरोनामा किन ।
    कोरोनाले मान्छे मरे सेकेन्ड प्रतिदिन ।।
    वृद्धाश्रम खाली भए धनी देशमा किन ।
    सङ्कटमा दुलाभित्र संसद पस्यो किन ।।

    रागसँग ठट्टा गर्ने संसदको बानी ।
    यस्तै बानी सिक्नाले त गयो जिन्दगानी ।।
    संसदको उत्ताउलो बानी सिक्नुहुन्न ।
    मानिसका हित गर्ने नीति बन्न दिन्न ।।

    कोरानालाई मानवका बस्ती हुल्ने को हो ।
    मानिसका हितको नीति नबनाउने को हो ?
    मानिसको जिन्दगानी कोरोनाले खायो ।
    कुर्दाकुर्दै कोरोना खतरा रोग आयो ।।

    संसदको साख गयो समयले भन्छ ।
    धाकरवाफको थलो भयो वस्तु सत्य भन्छ ।।
    धनी देशमा कोरोनाले मान्छे किन खान्छ ।
    उपचार नगर्ने धन कतातिर जान्छ ।।

    बन्द किन नगरेको धन जने बाटो ।
    उपचार नपाएर जिन्दगानी माटो ।।
    किन होला संसदले मुख नखोलेको ।
    जनताको पक्षबाट किन नबोलेको ।।

    म्याद नाघेको ओखती झैँ संसद भयो अब ।
    संसारमा गिर्नुसम्म गिर्यो संसद अब ।।
    संसदको मति गिर्यो विश्व नजरमा ।
    संसदको सत्ता पनि पर्यो दुर्भाग्यमा ।।

    संसदको फोक्सो पनि कोरोनाले खाइसक्यो ।
    सिकिस्त भो संसद अब कोमा गए सक्यो ।।
    संसद र कोरोना हुन् संसार खाए दुई रोगले ।
    यस्ता रोेग निखार्ने हो अब हामीले ।।

    मान्छे सक्ने नीति लिए कोरोना र संसदले ।
    व्यभिचारी संसद हो बुझ्ने हामीले ।।
    संसारले खुल्ने बोल्ने कोरोनाले नमार ।
    संसारबाट संसदबाट गर्रौं बहिष्कार ।।

    अस्पताल कमाइखाने पसल भए निजीका ।
    तिनैलाई पाल्ने पोस्ने नीति संसदका ।।
    संसदले खान लाउन न त दियो उपचार ।
    यस्तो संसद राख्ने किन उखेल्छ संसार ।।

    संसदको संविधानमा गरिब जनता हराए ।
    तानातानको संसदमा गिद्द कराए ।।
    संसदका ग्रहण लाग्यो यति राम्रो संसारमा ।
    जनताको जिन्दगानी छैन संसदमा ।।

    क्रान्तिकारी भन्छन् कोही तिनलाई गिद्द बनायो ।
    बिलासको बासी सिनो खान भुलायो ।।
    संसदका क्रान्तिकारी फर्किएर आएनन् ।
    उतै डुले उतै भुले सिनो छोडेनन् ।।

    संसदले संसारलाई सर्वनास पार्यो ।
    लाखौँलाख मानिसलाई कोरोनाले मार्यो ।।
    धनी देशमा बाँच्नेहरू रोग बोकेर बाँचे ।
    सैतानका दुत धनी संसदमा नाचे ।।

    सैतानकोे नाच्ने थलो संसदको बाटो ।
    फाटो पारी लिनुपर्छ जनपक्ष बाटो ।।
    त्यही बाटो सही हुन्छ विश्व हिँडाउने हो ।
    संसदको ठग्ने सपना सबै मेटाउने हो ।।

    सङ्घर्षलाई ओझेलमा संसदले पार्यो ।
    ओझेलमा पा¥यो र त कोरोनाले मार्यो ।।
    चाहिँदैन संसदको बुट्टा भर्या भाषा ।
    प्रकृतिको आनन्दमा जिन्दगानी खासा ।।

    संसदबाट हुन्न हित विश्व जानिसक्यो ।
    कोरोनाले पर्या पीडा संसारले देख्यो ।।
    हतियारको बलमा छ संसदको सत्ता ।
    मिल्काउँछन् जनताले हतियारको सत्ता ।।

    धनी देशका दम्भलाई कोरोनाले तोड्यो ।
    संसारका गरिबको हृदयलाई जोड्यो ।।
    षड्यन्त्रको संसदबाट जनहित हुन्न ।
    धनीगरिब वर्गवाद मेट्न पनि दिन्न ।।

    कोरोनाको कहरसँगै संसद बिदा गर्ने ।
    जनताका हकहितको जनवाद ल्याउने ।।

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.