• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाल पक्षीय यी सांसद, जसको भूमिकाले जोगियो गण्डकी प्रदेश सभा


  •   आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
  • काठमाडौं । गण्डकी प्रदेश सभा विघटनबाट मुश्किलले जोगिएको छ । विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएपनि विघटनको संघारमै पुगेको प्रदेश सभा भने एक जना सत्तापक्षीय सांसदको हस्तक्षेपकारी भूमिकाले विघटन हुनबाट जोगिएको हो ।

    Advertisement

    प्रदेश सभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश प्रमुख सीताकुमारी पौडेलको योजनामा तगारो बनेका सांसद हुन् नेकपा (एमाले) को माधव नेपाल पक्षीय सांसद इन्द्रलाल सापकोटा ।

    विघटनको संघारमै पुगेको थियो प्रदेश सभा
    शनिबार दिउँसो धेरैलाई लागिसकेको थियो अब गण्डकी प्रदेश सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा हुनेछ । त्यसकार त्यहाँ विपक्षी ३१ जना सांसदले प्रदेश प्रमुखको कार्यालयमै धर्ना दिइरहेका थिए भने केन्द्रबाट नेताहरुले कडा विज्ञप्तिमार्फत प्रदेश सभा विघटन नगर्न चेतावनी दिएका थिए । युगदर्शनले पोखराको अवस्थाबारे सम्पर्क गर्दा कतिपय नेताहरुले अब विघटनतर्फ नै अघि बढेको प्रतिक्रिया दिएका थिए ।

    गण्डकीमा विपक्षी सांसदहरुको धर्ना, मुख्यमन्त्रीले अनैतिक काम गरे : पियारी थापा

    प्रदेशसभा भंग गर्ने षड्यन्त्रमा नलाग्न राष्ट्रिय जनमोर्चाको चेतावनी

    गण्डकीमा कूल सांसदहरुको संख्या ६० रहेको छ । जसको पक्षमा ३१ सांसद पुग्छन्, उसैले बहुमत पुर्याउन सक्छ भन्ने सिधा हिसाब छ । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने क्रममा जम्मा २७ मत प्राप्त गर्नुभएको थियो । जबकी विपक्षी सांसदहरुले कृष्णचन्द्र पोखरेलको पक्षमा ३१ सांसदको हस्ताक्षरसमेत बुझाएर सशरीर उपस्थित भइ हस्ताक्षर सनाखत समेत गरका थिए ।

    तर, प्रदेश प्रमुखले शनिबार दिउँसो ३ बजेसम्मको समयमा बहुमत सिद्ध गर्न समय दिएको त्यसको एक दिन अघि नै पोखरलले बहुमत सिद्ध गरिसक्नुभएको थियो ।

    गण्डकीमा राष्ट्रिय जनमोर्चाका दुई जना र जनता समाजवादी दलका दुई जना सांसद विपक्षी गठबन्धनमा उभिएर कृष्णचन्द्र पोखरेलको पक्षमा हस्ताक्षर नै बुझाएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कल गर्दै गण्डकीमा पनि मुख्यमन्त्री गुरुङले जनता समाजवादी दलको पत्र र राष्ट्रिय जनमोर्चाबाट निष्कासित भइ सांसद पदसमेत गुमाएका कृष्ण थापाको हस्ताक्षर लिएर आफूँसँग बहुमत भएको दाबी पेश गर्नुभएको थियो ।

    जसका कारण प्रदेश प्रमुख सीता पौडेलले नयाँ प्रदेश सरकार गठनका लागि तोकिएको समयसीमा शनिबार दिउँसो ३ बजे नाघिसक्दा पनि कुनै निर्णय दिनुभएन । र, धैरैले सोचिसकेका थिए– अब गण्डकीकी प्रदेश प्रमुख पौडेलले पनि केन्द्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले जस्तै दुवैको दाबी खारेज गरी मध्यावधि चुनावको घोषणा गर्नुहुने छ ।

    यस्तो थियो केन्द्रको अवस्था
    राष्ट्रपति भण्डारीको आह्वानअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही जेठ ७ गते समयसीमा भित्र बहुमत १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबीपत्र राष्ट्रपतिको कार्यालयमा पेस गर्नुभयो । तर केही घण्टाअघि मात्र आफूसँग बहुमत नभएकैले विश्वासको मत नलिई एकैचोटि नयाँ सरकार गठनको बाटो खुला गरेको बताएका प्रधानमन्त्री ओलीले देउवाभन्दा अगाडि नै आएर १५३ सांसद आफ्नो साथमा रहेको दाबी पेस गरेको जानकारी राष्ट्रपतिबाट गराइयो । सो दाबी पत्रमा जसपाको महन्थ पक्षको तर्फबाट एक जनाको मात्रै हस्ताक्षर थियो ।

    अनि जेठ ७ गते राति कसैको दाबी नपुगेको भन्दै राष्ट्रपतिले दुवैको दाबी खारेज भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीको सिफारिसअनुसार मध्यराति प्रतिनिधि सभा नै विघटन गरी चुनावको मिति तोक्नुभयो । जसविरुद्ध सर्वोच्च अदालतमा अहिले ३० वटा रिट परेका छन्। सुनुवाइ जारी छ। कस्तो फैसला आउला भन्ने आम चासो छ ।

    गण्डकीमा यसरी जोगियो विघटन
    यही अवस्था गण्डकीमा पनि आउनै लागेको धेरैको अनुमान थियो । तर, साँझ ६ बजे प्रदेश प्रमुख पौडेलले कृष्णचन्द्र नेपालीलाई बोलाएर मुख्यमन्त्रीको शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्रीसँगै चार जना नयाँ मन्त्रीसमेत नियुक्त भए ।

    गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

    प्रदेश सभा विघटन हुनबाट अन्तिममा रोक्ने सांसद हुनुहुन्थ्यो, नेकपा (एमाले) का बागलुङ जिल्ला अध्यक्षसमेत रहेका इन्द्रलाल सापकोटा ।

    नेकपा (एमाले) का सांसदहरुले गुरुङले बहुमत सिद्ध गर्न नसकेपछि अब मुख्यमन्त्रीमा दाबी छोड्नुपर्ने बताइरहे पनि गुरुङ र प्रदेश प्रमुख पौडेलले त्यसको वेवास्ता गर्दै अगाडि बढ्न खोजेको स्रोतले जनाएको छ । तर, सापकोटाले यदी संविधान विपरित अद्धिबढे पार्टी भित्रैबाट विद्रोह गर्ने चेतावनी दिएपछि मुख्यमन्त्री गुरुङ पछि हट्न बाध्य हुनुभएको थियो ।

    त्यसपछि उहाँले टेलिफोन गरी प्रदेश प्रमुख पौडेलललाई ‘संविधान अनुसार अघि बढ्न सुझाव दिनुभएको थियो । र, अन्ततः विपक्षी गठबन्धनको तर्फबाट पोखरेल मुख्यमन्त्री बन्नुभयो भने प्रदेश सभा विघटन हुनबाट जोगियो ।

    गण्डकीमा सांसद इन्द्रलाल सापकोटाको चर्चा

     

    आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.