काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश स्वागतयोग्य भएको बताएको छ ।
Advertisement
राप्रपाका अध्यक्ष कमल थापाले बिहीबार ट्वीट गरी सर्वोच्चको आदेशप्रति खुशी व्यक्त गर्नुभएको हो ।
‘नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश स्वागतयोग्य छ,’ थापाले ट्विटरमा लेख्नुभएको छ ।
यसअघि अध्यादेश जारी हुनासाथ राप्रपा अध्यक्ष थापाले सत्ता स्वार्थका लागि ओली नेतृत्वको सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गराएको भन्दै गम्भीर आपत्ति प्रकट गर्नुभएको थियो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीले जेठ ९ गते नेपाल नागरिकता (पहिलो संशोधन)अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।