जेनेभा । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थामाथि भएको हमलाको निन्दा गर्नुभएको छ ।
२०७८ जेठ २५ गते बुधबार उहाँले अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको सो हमलाको निन्दा गर्नुभएको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमका कर्मचारीलाई यसरी हमला गरी हत्या गर्नु भनेको शान्ति विरोधी कार्य भएको भन्दै महासचिव गुटरेसले त्यसको विरोध गर्नुभएको हो । उहाँले नागरिकका अधिकारका क्षेत्रमा काम गर्ने यस्ता संस्थामाथि गरिएको हमला जघन्य अपराध हो भन्दै त्यसमा संलग्नलाई सख्त कारबाही गर्न माग गर्नुभएको छ ।
उत्तरी अफगानिस्तानमा शान्ति कायम गर्ने क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था एचएएलओका कर्मचारीमाथि सो हमला भएको थियो ।
हमलामा परी सो संस्थाका कम्तीमा पनि १० जना कर्मचारीको ज्यान गएको थियो । साथै सो हिंसात्मक हमलामा परेर अरू १६ जना कर्मचारी घाइते पनि भएका छन् । उक्त संस्थाले उत्तरी अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमको संयोजकका रूपमा काम गरिरहेको छ ।
यहाँ प्रायः तालिबानीले सडकमा विस्फोटक पदार्थ बिच्छाउने गरेकाले त्यसका विरुद्धमा नागरिकलाई सचेत गराउने र त्यस विस्फोटमा परी घाइते भएका नागरिकलाई उपचारको व्यवस्था गर्ने काममा सो संस्थाले काम गर्दै आएको छ । (रासस/सिन्ह्वा)





