काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य विष्णुलाल वाइबाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले शनिबार शोक वक्तव्य प्रकाशित गरी वाइबाको मृत्युबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको बताउनुभएको छ ।
७८ वर्षीय वाइबाको जेठ २० गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।
शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य का. विष्णुलाल बाइबाको २०७८ साल जेष्ठ २० गते ७८ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. बाइबा लामो समयदेखि अविचलित रूपमा नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको मृत्युबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’
यो पनि : कोरोना संक्रमणबाट माओवादी पोलिटब्यूरो सदस्य वाइबाको निधन