• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मध्यावधी निर्वाचनको बन्दुक ओलीका लागि उल्टो पड्कन सक्छ : मसाल


  •   बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कोभिड–१९ द्वारा गम्भीर रुपले सङ्क्रमित र आर्थिक दृष्टिकोणले मुलुक जर्जर भएको अवस्थामा जवर्जस्ती मध्यावधि चुनाव लाद्ने प्रधानमन्त्रीको प्रयत्न आपत्तिजनक भएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले चुनावबाट दुइतिहाई मत प्राप्त गर्ने आशा गरेका भएपनि उनकै लागि चुनाव आत्मघाती हुन सक्ने मसालले जनाएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले बुधबार समसामयिक विषयमा पार्टीका धारणा स्पष्ट पार्दै राष्ट्रिय सभाको बागमती र लुम्बिनीको परिणामले मध्यावधि चुनावको बन्दुक ओलीका लागि पड्कन सक्ने देखिएको बताउनुभएको छ ।

    यस्तै, मसालले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा वरिष्ठ न्यायाधीशहरु राखेर संवैधानिक इजलास गठन गर्ने निर्णयको स्वागत गरेको छ । यसले न्यायपालिकाबाट निष्पक्षा फैसला हुने विश्वास जागेको मसालले जनाएको छ ।

    महामन्त्री सिंहले ओली सरकारले प्रस्तुत गरेको बजेटमा ढुंगा, गिट्टी र बालुवालाई भारतमा निर्यातको लागि स्वीकृति दिने निर्णयलाई पनि अत्यन्त गम्भीर र आपत्तिजनक रूपमा लिएको छ । त्यो निर्णय नेपालको पर्यावरणका विरुद्ध हुनुका साथै भारतपरस्त चरित्रको परिणाम भएको मसालको ठहर छ ।

    वक्तव्यको पूर्णपाठ :
    १.‘ सर्वाेच्च अदालतले वरिष्ठताका आधारमा संवैधानिक इजलासको पुनर्गठन गर्ने निर्णय गरेको छ । त्यो निर्णयलाई ने.क.पा.(मसाल)ले स्वागत गर्दछ । न्यायपालिका वास्तवमा विश्वसनीय र निष्पक्ष हुनुपर्ने आवश्यकता हुन्छ । अहिलेको बरिष्ठताका आधारमा संवैधानिक इजलासको गठन गर्ने निर्णयले न्यायपालिकालाई विश्वसनीय र निष्पक्ष बनाउन मदत गर्नेछ भन्ने हामीले आशा गरेका छौँ । त्यस प्रकारको निर्णयमा पुग्न वरिष्ठ अधिवक्ताहरू र बार एसोसियसनको पनि महत्वपूर्ण भूमिका रह्यो । त्यसरी उहाँहरु सबैलाई हामीले धन्यवाद दिन चाहान्छौँ । अन्तमा त्यसरी संवैधानिक इजलासको गठन गर्न स्वीकार गरेकोमा हामीले प्रधानन्यायाधिसलाई पनि धन्यवाद दिन चाहान्छौँ ।

    २. आज देश कोभिड–१९ द्वारा गम्भीर रुपले सङ्क्रमित भएको र आर्थिक दृष्टिकोणले पनि मुलुक जर्जर भएको अवस्थामा मध्यावधि चुनावलाई असंवैधानिक तरिकाले र जवर्दस्ती लाद्ने प्रधानमन्त्रीको प्रयत्नलाई हामीले गम्भीर रूपले आपत्तीजनक मान्दछौँ । एकआध वर्षपछि स्वतः चुनावमा जानुपर्ने त्यो अवस्थामा अहिले उनले मध्यावधि चुनावमा दिइरहेको जोड अनावश्यक छ र त्यसका कैयौँ दुष्परिणामहरू हुनेछन् । प्रधानमन्त्रीको त्यस प्रकारको प्रयत्नका कैयौँ दुष्परिणामहरू हुनुका साथै स्वयम् उनका लागि पनि त्यो आत्माघाती हुने कुरा निश्चित छ । उनले चुनावबाट दुइतिहाई मत प्राप्त गर्ने आशा गरेका छन् । तर राष्ट्रिय सभाको बागमती र लुम्बिनीको परिणामले स्पष्ट गरिसकेको छ कि उनको मध्यावधि चुनावको बन्दुक उल्टो पनि पड्कन सक्दछ । त्यो अवस्थामा संसदलाई सुचारू रूपले चल्न दिनु नै उनका लागि र देशका लागि पनि सबै भन्दा राम्रो कुरा हुनेछ भन्ने हाम्रो स्पष्ट मत छ ।

    ३. आज प्रश्न संसद रहन्छ वा रहन्न भन्ने मात्र होइन, प्रधानमन्त्री ओलीले जुन खेल खेलिरहेका छन्, त्यसबाट फाइदा उठाउनका लागि विदेशी साम्राज्यवादी शक्तिहरू र देशभित्रका प्रतिगामी शक्तिहरूले योजनावद्ध र संगठित रुपले प्रयत्न गरिरहेका छन् । उनीहरूले ओलीलाई पनि आफ्ना साम्राज्यवादी वा प्रतिगामी उद्देश्यहरू पूरा गर्नका लागि उपयोग गर्ने प्रयत्न गरिरहेका छन् र ओलीले उनीहरूको मदतबाट आफ्नो उद्देश्य पूरा गर्ने सपना देखिरहेका छन् । अन्तमा आफ्नो त्यो सपना पूरा गर्न ओली कहाँसम्म सफल हुन सक्ने छन् ? त्यो कुरा त आउने दिनहरूमा नै प्रष्ट हुनेछ तर उनको अहिलेको सम्पूर्ण गतिविधिबाट जनताले लामो संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धिहरूमा गम्भीर आँच पुग्ने र देश र जनताको हितमा कुठाराघात हुने कुरा निश्चित छ ।

    ४. यो कुरा पनि दिनको उज्यालो झै छर्लङ्ग हुँदै गइरहेको छ कि ओलीले एक पछि अर्काे गर्दै भारतपरस्त नीति अपनाउँदै गइरहेका छन् । केही दिन पहिले मात्र उनले अध्यादेशद्वारा नागरिकता विधेयक सार्वजनिक गरे । स्पष्ट छ कि त्यो राष्ट्रघाती प्रकारको विधेयक हो । उनले टिकापुर हत्याकाण्डको मुद्दालाई फिर्ता लिन पनि सहमति गरिसकेका छन् । उनले स्वयम् आफ्नो पहिलेको अडानका विरुद्ध संविधानमा राष्ट्रघाती प्रकारको संशोधन गर्नका लागि पनि पहल गरिसकेका छन् । उनले नेपालको राष्ट्रियता, तराईको विखण्डन र संविधान समेतबारे राष्ट्रघाती विचार राख्ने मधेशवादी संगठनहरूलाई सरकारमा लैजानको लागि पनि तयारी गरिरहेका छन् । त्यसरी ओलीले खुला प्रकारले नै भारतीय साम्राज्यवादको पक्ष लिने र एक पछि अर्काे गर्दै भारतपरस्त नीति अपनाउँदै गइरहेका छन् । भारतीय साम्राज्यवादको जोड नेपाललाई हिन्दु राष्ट्र बनाउने तर्फ रहँदै आएको छ । उनको पशुपतिनाथको पूजाले पनि उनले भारतका कट्टर हिन्दुवादी शासकवर्गको नेपाललाई हिन्दु राष्ट्र बनाउने लाइनलाई अपनाउन थालेको देखिन्छ । नेपालका राजावादीहरूसित पनि उनको साँठगाँठ बढ्दै गएको देखिन्छ । त्यसरी ओलीको नीति एकातिर प्रतिगमन र अर्कातिर राष्ट्रघाततिर गएको कुरा झन्झन् खुला रूपमा बाहिर आइरहेको छ ।

    ५. हाम्रो पार्टीले ओली सरकारले प्रस्तुत गरेको बजेटमा ढुङ्गा, गिट्टी र बालुवालाई भारतमा निर्यातको लागि स्वीकृति दिने निर्णयलाई पनि अत्यन्त गम्भीर र आपत्तिजनक रूपमा लिएको छ । त्यो निर्णय नेपालको पर्यावरणका विरुद्ध त छ नै, त्यसका साथै चुरेको पर्यावरणमा गम्भीर कुठाराघात पुग्ने र त्यसबाट तराई वा मधेशमा सुख्खा पर्ने सम्भावनातिर पनि हाम्रो पार्टीको ध्यान गएको छ । ओली सरकारको त्यस प्रकारको निर्णय एकातिर उनमा बढ्दै गएको भारतपस्त नीतिको परिणाम हो भने अर्कातिर त्यसका पछाडि तस्करहरूसित साँठगाँठ गरेर ठुलो पैमानामा भ्रष्टाचार गर्ने गोप्य योजनाले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

    ६. उपरोक्त परिस्थितिमा हामीले ओली सरकारका सबै असंवैधानिक अप्रजातान्त्रिक, अधिनायकवादी, प्रतिगामी र राष्ट्रघाती कदमहरूका विरुद्ध व्यापक जनचेतना र आन्दोलन उठाउनु पर्ने आवश्यकतामा जोड दिन्छौँ र त्यसका लागि हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ ।’
    २०७८ जेष्ठ १९ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

    बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.