काठमाडौं । भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदेशीसँग हात फैलाएर देशको गरिमा नघटाउन सुझाव दिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोपका लागि विभिन्न देशसँग गरिरहेको पहललाई लक्षित गर्दैै डा. भट्टले ‘बरु जति सकिन्छ किनौं, तर मर्यादा नछोडी हरेक राष्ट्रका अगाडि भिख नमागौं’ भन्नुभएको छ ।
उहाँले गोपाल योञ्जनको ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज् छोपिन्न। घोटिएर हात–पात झरिजाउन औँला तर कोइ अगाडि यी हात जोडिन्न..’ गीतका उद्धरण राख्दै ट्वीट गर्नुभएको छ ।
डा. भट्टले गरेको ट्वीटमा राष्ट्रपतिबारे उल्लेख छैन । तर, माग्नुपरे मन्त्रालयले माग्छ भन्दै भट्टले राष्ट्रप्रमुखलाई देशको गरिमा घट्ने काम नगर्न सुझाव दिनुभएको हो ।
खोसेको रोटीले मेरो पेट भरिन्न,
मागेको धोतिले मेरो लाज् छोपिन्न।
घोटिएर हात-पात झरिजाउन औला
तर कोई अगाडि यी हात जोडिन्न।यो रास्ट्रगीत ले भनेझै, कमसेकम आफ्नो गरीमा नघटाउँ,बरु जती सकिन्छ किनौं, तर मर्यादा नछोडी हरेक रास्ट्रको अगाडी भिख नमागौं।मागे पनी मन्त्रालयले माग्छ तर ..
— Dr.Luna Bhatta Sharma (@Lunabs8) May 31, 2021
हालै राष्ट्रपति भण्डारीले भारत, चीन, रसिया, अमेरिका, बेलायत लगायत देशसँग पत्रचार तथा टेलिफोन सम्वाद गरी कोरोना खोप मागेपछि राष्ट्रपतिको सो कदम विवादित बनेको छ । कतिपयले राष्ट्रपतिले संवैधानिक मर्यादा नाघेको टिप्पणी गरेका छन् भने कतिपयले देशलाई आवश्यक परेको बेला देशको अभिभावकले विदेशसँग खोप माग्नु स्वभाविक भएको बताएका छन् ।