नयाँदिल्ली । भारतमा कोरोना भेरियन्टको दैनिक सङ्क्रमण घट्दै गएको छ ।
आइतबार रातीसम्म २४ घण्टाको तथ्याङ्कअनुसार त्यहाँ १ लाख ५३ हजार ४८५ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यस अवधिमा त्यहाँ ३ हजार १२९ जनाको मृत्यु भएको छ ।
वल्र्डोमिटर्सका अनुसार यससँगै त्यहाँ कुल सङ्क्रमितको तथ्याङ्क २ करोड ८० लाख ४६ हजार ९५७ पुगेको छ । हालसम्म त्यहाँ मृतकको सङ्ख्या ३ लाख २९ हजार १२७ पुगेको छ ।
२ करोड ५६ लाख ८४ हजार ५२९ जना निको भएको भारतमा हाल सक्रिय बिरामीको सङ्ख्या २० लाख ३३ हजारा ३०१ जना रहेका छन् । त्यसमध्ये गम्भीर बिरामीको सङ्ख्या ८ हजार ९४४ रहेको छ ।
कोरोना भेरियन्टको क्रममा भारतमा ४ लाख १६ हजारसम्म दैनिक सङ्क्रमित देखिएको भारतमा पछिल्लो दिनमा भने सङ्क्रमण घट्दै गएको हो । त्यहाँ मे २९ मा १ लाख ७४ हजार ४१, मे २८ मा १ लाख ७१ हजार ७२६ र मे २७ मा १ लाख ७९ हजार ७७० जना सङ्क्रमित थपिएका थिए ।

