काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष कम उमेरकी युवतीसँग विवाह गुपचुप विवाह गरेका छन् । ५६ वर्षीय जोन्सनले आफ्नी प्रेमिका ३३ वर्षीया क्यारी सिमोन्ड्ससँग शनिबार गुपचुप ढंगले विवाह गरेको बीबीसीले जनाएको छ ।
Advertisement
समाचारअनुासर वेस्टमिनस्टर क्याथेड्रलमा आयोजित उनको विवाहमा ३० जना मात्र सहभागी भएका थिए। विवाहका एक सहभागीले सामाजिक सञ्जालमा तस्बिर राखेपछि प्रधानमन्त्री जोन्सनले विवाह गरेको खुलासा भएको हो।
प्रधानमन्त्री जोन्सनले यसअघि दुईपटक विवाह गरेका भए पनि दुवै पत्नीसँग डिभोर्स भएको थियो।