अमरगढी । डडेलधुराका पाँच क्रियाशील राजनीतिक दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका संसद विघटन गर्ने कदमको विरोध गरेका हुन् ।
Advertisement
आफूहरू संसद विघटनको विरोधमा प्रतिबद्ध रहेको जानकारी दिँदै उनीहरूले सम्पूर्ण नागरिक समाज, पत्रकार, बुद्धिजीवी तथा आम लोकतन्त्रप्रेमी जनतासित प्रतिकार गर्न आग्रह गरेका छन् ।
जेठ १० गते संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले सो जानकारी दिएका हुन् ।
विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्री, नेपाली काङ्ग्रेसका सभापति कर्णबहादुर मल्ल, नेकपा (माओवादी) का अध्यक्ष मानसिंह माल, नेकपा (एमाले) का उपसचिव शकुल्तला नगरकोटी र जनता–समाजवादी पार्टीका उपाध्यक्ष श्याम रिमालको हस्ताक्षर रहेको छ ।
यस्तो छ प्रेसविज्ञप्ति
