काठमाडौं । मालिको सेनाले त्यहाँका राष्ट्रपति बा एन्दलाई हिरासतमा लिएको छ । सेनाले कू गरी राष्ट्रपति बा एन्द, प्रधानमन्त्री मोत्तर ओएनी र रक्षामन्त्री सुलेमान डुकुउरेलाई निगरानीमा राखेका हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार राष्ट्रपतिलगायत उच्च अधिकारीलाई हाल राजधानी बमाकोको सैन्य क्याम्पमा सेनाको निगरानीमा राखिएको छ ।
सोमाबर साँझ मात्र प्रधानमन्त्री ओएनीले एएफपीसँग टेलिफोनमा आफूलाई सेनाहरु लिन आएको बताएका थिए । त्यसपछि उनको फोन बन्द छ।
माली पश्चिम अफ्रिकाको गरिब राष्ट्र हो।
यस कदमको संयुक्त राष्ट्रसंघले आलोचना गर्दै सबै नेतालाई रिहा गर्न सेनासँग आग्रह गरेको छ ।
दुई वरिष्ठ सैन्य अधिकारीलाई हटाएपछि सेनाले यस्तो कदम चालेहो हो । ती सैन्य अधिकारीले गतवर्ष सैन्य कूको प्रयास गरेका थिए।
बीबीसीका अफ्रिकी संवाददाता विल रोसका अनुसार ९ महिना अगाडि मात्र मालीमा सैन्य कूको प्रयास भएको थियो। सोहीबेला इब्राहिम बुबाकर काइतालाई राष्ट्रपतिको पदबाट हटाइएको थियो।