दाङ । दाङस्थित क्रियाशील राजनीतिक पार्टीहरूले पुनः संसद विघटनको विराध गरेका छन् ।
Advertisement
राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नेपाली काङ्ग्रेसका सभापति कीर्तिबहादुर खड्का, नेकपा (एमाले) का अध्यक्ष टीकाराम खड्का, नेकपा (माओवादी–केन्द्र) सचिव सुभाष पुन र जनता–समाजवादी पार्टीका सहसचिव गणेश पाण्डेले २०७८ जेठ ९ गते प्रेसविज्ञप्ति जारी गर्दै संसद विघटनको विरोध गरेका हुन् ।
देश यतिखेर कोभिडको महामारीसित जुधिरहेका बेला नयाँ निर्वाचन गर्ने बहानामा संसद विघटन गरिएकोमा उनीहरूको आपत्ति छ ।
उनीहरूले संसद विघटनजस्तो असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एकजुट भई प्रतिवाद गर्न सम्पूर्ण लोकतन्त्रप्रेमी जनसमुदायमा अपिल पनि गरेका छन् ।
यस्तो छ प्रेसविज्ञप्ति
