काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ । स्रोतका अनुसार जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी आइतबार सो अध्यादेश जारी भएको हो
Advertisement
हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था छैन । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ ।
तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो । मधेसवादी दलको मागअनुसार नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गरिएको थियो ।
