काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बोलाएको बैठक अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले अस्वीकार गरेको छ । ठाकुरले शनिबार एक विज्ञप्ति जारी गर्दै जसपाको कुनै बैठक नडाकिएको जिकिर गर्नुभएको छ ।
Advertisement
उपेन्द्र यादव पक्षले शनिबार केन्द्रीय कार्यकारिणीको बैठक बोलाएको हो । बैठकबारे आफूहरुलाई थाहा नभएको ठाकुरले बताउनुभएको छ ।
शुक्रबार महन्थ पक्षले उपेन्द्र यादव र बाबुराम भट्टराईलाई थाहै नदिई बोलाएको बैठकले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको दाबी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने समयदेखि नै जसपा दुई धारमा देखिएको छ ।
