• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गण्डकी प्रदेश खेलकुद परिषद्को लोगो सार्वजनिक


  •   शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
  • पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत शनिवार सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकुद परिषद्को लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरिएको हो ।

    Advertisement

    लोगोमा मूल रूपमा चार विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिँदै गरेको खेलाडी, राष्ट्रको गौरवका रूपमा रहेको माछापुच्छ्रे हिमाल र फेवाताल, शान्ति र समृद्धिको प्रतीक नीलो तथा सेतो रङसँगै ओलम्पिक रिङको प्रतीकात्मक सङ्केतलाई एकाकार गरी प्रदेश खेलकुद परिषद्को लोगो परिकल्पना गरिएको छ ।

    उक्त लोगो निर्माणका लागि प्रदेश खेलकुद परिषद्ले सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । सोको सदस्यमा केशव पाठक र निर्मला बराल रहनुभएको थियो । प्रदेश खेलकुदका सदस्य सचिव तेजबहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशको लोगो सार्वजनिक गर्दै रणनीतिक कार्ययोजना तयबारे जानकारीसमेत दिनुभएको थियो ।

    सदस्यसचिव गुरुङले प्रदेश खेलकुदको भिजन, मिसन, भ्यालुज र मोतोसहित चार वटा रणनितिक आधार तय गरेको जनाउँदै प्रदेश खेलकुद परिषद्ले सार्वजनिक गरेको मिसनमा उत्कृष्ट जीवनशैली, खेल सबैको नैसर्गिक अधिकार, सुशासन, विश्वस्तरको पूर्वाधार र स्रोत परिचालनलाई मूलभूतरूपमा अघि सारेको बताउनुभयो ।

    ‘विश्वको एक्काइसौँ शताब्दीको खेलकुदसँगै संयुक्त राष्ट्र सङ्घले अघि सारेको सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्ति गर्न हामी सफल हुने छौ’ उहाँले भन्नुभयो– ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने मूल दृष्टिकोणलाई प्रदेश खेलकुदको मार्ग चित्रण गरिने छ ।’

    प्रदेशका ११ वटै जिल्ला खेलकुदका अध्यक्षसहित पदाधिकारी र प्रदेश खेलकुदका सदस्यको सहभागितामा भएको भर्चुअल कार्यक्रममा जिल्लाका अध्यक्षले प्रशिक्षण तथा प्रतियोगिता, पूर्वाधार निर्माण, प्रोत्साहन तथा पुरस्कार, कार्यालय व्यवस्थापन र आर्थिक वर्षको बजेट निर्माण तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा समेत छलफल गरिएको थियो ।

    बैठकले कोभिड–१९ का विषम परिस्थितिका कारण समस्यामा रहेका तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकधारी खेलाडीको नामावली सङ्कलनका लागिसमेत प्रदेश खेलकुदले सबैलाई आग्रह गरेको छ ।

    कार्यक्रममा भिजनरी इन्टनेशनलका सिइओ इन्द्र गुरुङले गण्डकी प्रदेश देशकै गौरव गर्ने प्रदेशका रूपमा रहेको उल्लेख गर्दै प्रदेशलाई खेलकुदको राजधानीका रूपमा अगाडि बढाउन प्रदेश खेलकुद परिषद्ले बोकेको सपना चाँडै नै साकार हुने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, प्रदेशका युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार ध्वजकुमार गुरुङ, विभिन्न जिल्लाका अध्यक्षले समेत आआफ्ना धारणा राख्नुभएको थियो । (रासस)

    शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.