पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार साँझ मुख्यमन्त्रीको सपथ गराउनुभएको हो ।
Advertisement
विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई नै पुनः मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले गुरूङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
कोरोना संक्रमित गुरुङलाई स्वास्थ्यका मापदण्ड अपनाएर सपथ ग्रहण गराइएको थियो ।