• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाल सुपर लिग : काठमाडौं शीर्ष स्थानमा


  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शिर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ।

    Advertisement

    त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो। काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे भने चितवनका राजिव लोप्चनले सान्तोना गोल फर्काएका थिए।

    पराजय सँगै चितवन जारी प्रतियोगितामा जित विहिन हुँदै बाहिरिएको छ। ६ खेलबाट २ खेलमा मात्र बराबरी खेलेको चितवनले बाँकी सबै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको हो। काठमाडौंलाई अग्रता निकाल्ने क्रममा १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गरेका थिए। ३४ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाण्डौंलाई २–० को अग्रता दिलाए । विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा संजोकले गोल गरेका थिए।

    खेलको ४० औं मिनेटमा राजिब लोप्चनले गोल गर्दै चितवनलाई २–१ को स्थितिमा ल्याए। सुनिल श्रेष्ठको प्रहार काठमाडौंका गोलकिपर विनायक श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा राजिबले गोल गर्दै अग्रता घटाएका थिए। ८१ औं मिनेटमा काठमाडौंका प्रिजेन तामाङले गोलकिपरसँगको वान भर्सेस वानमा गोलको अवसर गुमाए। प्रिजेनको कडा प्रहार चितवनका गोलकिपर रोमन रसाइलीको टाउको लाग्दै बाहिरिएको थियो। ८४ औं मिनेटमा पनि प्रिजेन गोल गर्न चुके। खेलमा काठमाडौंका तेज तामाङ प्लेयर अफ दि म्याच चुनिए। उनले २५ हजार प्राप्त गरे। इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास उदास चुनिँदै नगद १० हजार प्राप्त गरे।

    जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो। अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ। अर्को प्ले अफमा ललितपुर सिटीले बुधबार बुटवल एफसीसँग खेल्नेछ। काठमाडौं र धनगढीबीचको खेल मंगलबार हुनेछ। यस खेलको विजेता फाइनल पुग्नेछ। यस खेलमा पराजित हुने टोलीले बिहीबार ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नेछ।

    आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.