काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिनुभएको छ । आफूविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि मुख्यमन्त्री गुरुङको राजीनामा आएको हो ।
Advertisement
उहाँले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई मुख्यमन्त्री पदबाट आज राजिनामा बुझाएका हुन् । मुख्यमन्त्री गुरुङले राजिनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन् ।
उहाँविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो ।
