• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमोसहित चार दलले भने : लुम्बिनी प्रदेश सरकारको लाचारीका कारण अवस्था भयावह


  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
  • बुटवल । लुम्विनी प्रदेशमा क्रियाशील चार राजनीति दललले प्रदेश सरकारको लाचारीपनका कारण कोरोनाको भयावह अवस्था आएको बताएका छन् । शुक्रवार संयुक्त विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय जनमोर्चा समेतका दलहरुले दोस्रो चरणको माहामारीका कारण जनजीवन भयावह अवस्थामा पुगेको बताउँदै तत्काल व्यवस्था गर्न सक्ने सेवाहरुलाई यथाशीध्र प्रवाह गर्न ध्यानकर्षण गराएका छन् ।

    Advertisement

    राजमो सांसद तारा जिसी, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पूर्वमन्त्री कूलप्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरुद्धिन खान र जसपा नेपालका सचेतक पुर्मती ढेंगामगरद्वारा जारी विज्ञप्तिमा संक्रमितहरु सामान्य अक्सिजन समेत नपाएर मर्न बाध्य भएका घटनाले गम्भीर बनाएको उल्लेख छ ।

    मुख्यमन्त्री शंकर पोखरेललाई आईसीयू वेड, भेन्टीलेटर र अक्सिजनको व्यवस्था गर्नुपर्ने ठाउँमा दुई दिनमा ४ जनालाई स्वास्थ्यमन्त्री फेरबदल गरी मन्त्रीपद बाँड्नमा व्यस्त रहेको दलहरुले आरोप लगाएका छन् ।

    अहिलेको अवस्था आउनुमा लुम्बिनी प्रदेश सरकारको लाचारीपना, लापरबाही र असक्षमता भएको ठहर गठबन्धन दलले गरेको छ ।
    ‘यो जनताप्रतिको असंवेदनशीलता र लापरबाहीको घोर विरोध गर्दै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ र संक्रमित बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै लुम्बिनी प्रदेश सरकारले तत्काल व्यवस्था गर्न सक्ने तपसिलका सेवाहरु उपलब्ध गराउन ध्यानाकर्षण गराउंदछौं’ विज्ञप्तिमा भनिएको छ ।

    गठबन्धन दलले सबै सरकारी जिल्ला स्तरका अस्पताल नेपालगञ्जको प्रहरी र आर्मी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी ८५० एचडीयू वेड निर्माण गर्न, बुटवल, नेपालगञ्ज र दाङको भयावह अवस्थालाई मध्यनजर गरी देवदह मेडिकल कलेज वा क्रिमसिन अस्पताल, कोहलपुर मेडिकल कलेजलाई पुर्ण कोभिड अस्पतालको रुपमा रुपान्तरण गरी तत्काल ३५० आईसियु वेड र भेण्टीलेटरको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानकर्षण गराएका छन् ।

    त्यसैगरी दाङको वेलझुण्डीमा रहेको आयुर्वेद शिक्षण अस्पताललाई पूर्ण कोभिड अस्पतालमा रुपान्तरण गरी १५० वेड विस्तार गरी ३० वेडको आईसीयू निर्माण गर्न, लुम्बिनी प्रदेशमा रहेका सबै अक्सिजन प्लान्टहरुमा विद्युत आपुर्ति सहित मर्मत संहार गरी सिलिण्डरको व्यवस्थासहित सञ्चालन गर्न ध्यानकर्षण गराईएको छ ।

    प्रदेशमा रहेका अक्सिजन खपत गर्ने उद्योगहरुको अक्सिजन सिलिण्डर केन्द्रित गरि अस्पताल प्रयोजनको लागि परिचालन गर्न आग्रह गरिएको छ ।

    विज्ञप्तिमा गत वर्षको कोभिड व्यवस्थापनको लागि स्वीकृत गरिएको स्वास्थ्यकर्मीको ५८३ दरबन्दी अपर्याप्त रहेको हुंदा कम्तिमा १२०० स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था तत्काल गर्न, नेपाल सरकारको छात्रवृत्तिमा पढिरहेका पिजि डक्टरहरु लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड महामारीमा परिचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

    विगतमा सञ्चालन गरिएका सबै आईसोलेशन अस्पतालहरुलाई न्युनतम अक्सिजन सहितको १५ सय वेड निर्माण गर्न भारतबाट नेपाल भित्रिने नेपाली नागरिकहरुको व्यवस्थापन गर्न नाकामै चेकजांचको व्यवस्था र आइसोलेशन सेन्टरको स्थापना गरि संक्रमितहरुलाई त्यही उपचारको व्यवस्था गर्न र अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीहरुको खानाको व्यवस्था निशुल्क गर्न समेत विज्ञप्ति मार्फत ध्यानकर्षण गराईएको छ ।

    गठबन्धन दलले गठवन्धन दलका प्रदेश सभा सदस्य हरुलाई १२ वटै जिल्लाहरुको अस्पतालहरु र संक्रमितहरुको अवस्था अनुगमन गर्न खटाएको जनाएको छ । पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुलाई सतर्कता अपनाउँदै कोरोना संक्रमितहरुको सेवामा जुट्न आव्हान गरिएको छ ।

    शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.