• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘आतंकको खेती नगरौं, विवशताको फाइदा नउठाऔं’


  •   बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
  • डा. रवीन्द्र पाण्डे

    Advertisement

    सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा युट्युबमा नागरिकको ध्यान आकृष्ट गरेर सानोतिनो फाइदाको लागि आतंकको खेती नगर्नुहोला । अस्पतालका डरलाग्दा दृश्य, मृतकका तस्बिर, घाटका तस्बिर, मान्छे जलाएका भिडिओ आदि पोस्ट नगर्नुहोला ।

    यस्ता प्रकारका पोस्टले आम नागरिकमा त्रास उत्पन्न हुन्छ । विषम परिस्थितिमा समाजलाई भयभित गर्नु निकै दुखद कुरा हो । मृतकको संख्या मात्र हैन, निको भएका व्यक्तिको संख्या पनि थाहा पाउनु जरुरी छ ।

    जनस्वास्थ्यका मापदण्ड पालना गर्ने तथा स्वस्थ जीवनशैली अपनाउने हो भने संक्रमण हुँदैन, भएपनि परास्त गर्न सकिन्छ । ठूला अस्पताल तथा मेडिकल कलेज धामाधम कोभिड अस्पतालको रुपमा रुपान्तरण हुँदैछन् । अक्सिजनको हाहाकार नेपालमा छैन । रेमडेसेभिर लगायतका औषधि बंगलादेशबाट आइरहेका छन् । ९० प्रतिशत संक्रमित घरमै निको भएका छन् । आवश्यकताले आपूर्ति बढाउने हो । गतसाल भन्दा यसपटक आईसीयू, अक्सिजन बेड तथा कोभिड बेड बढिरहेका छन् ।

    ठूला होटेल लगायत हरेक क्षेत्र घाटामा डुबेको यो परिस्थितिमा निजि अस्पतालले चर्को शुल्क नलिनुहोला । महामारीको बेला विवशताको फाइदा उठाउनु धर्म बाहिरको कुरा हो । आफ्नो लागत शुल्क मात्र लिएर बिरामीको सेवा गरेमा त्यस्ता अस्पताल र सञ्चालक स्तुत्य हुन्छन् । बेड लुकाउने पाप पनि नगरौं । आम जनता पिल्सिएको क्षणमा ‘परोपकार पुण्यायः पापाय परपिडनम’को मूलमन्त्र कसैले पनि नबिर्सौं ।

    नआत्तिऔं, नडराऔं
    भारतमा अक्सिजनको हाहाकार, अस्पतालको चाप, मृत्युदर तथा घाटका दृश्य देखेर हामीहरुलाई तनाब भएको छ । महामारीको समयमा यस्ता समाचार नहेर्नु उपयुक्त हुन्छ । हाल नेपालमा अक्सिजनको कमी भइसकेको छैन । सबै संक्रमितलाई अक्सिजन चाहिने पनि हैन । आईसीयू तथा भेन्टिलेटर खाली नभएका समाचारले पनि असुरक्षा महसुस गराएका छन् । सरकारले अक्सिजन बेड, आईसीयू तथा कोभिड अस्पताल थपिरहेको छ ।

    विपत्तिको समयमा डराउने र आत्तिने हैन, कुशलतापूर्वक अघि बढ्नुपर्दछ । अहिले परिस्थिति २० बिग्रेको छ भने हाम्रो मनस्थिति ८० बिग्रेको छ । सञ्चारमाध्यमले पनि मनोबल बढाउने समाचार दिनु उपयुक्त हुन्छ । नकारात्मक समाचारको महामारी झनै घातक हुन्छ ।

    ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद र गन्ध परिवर्तन हुने, पखाला लाग्ने, एकदम थकान हुने, निद्रा लागिरहने, खाना नरुच्ने आदि समस्या भएमा वा घरमा कुनै व्यक्तिलाई कोभिड भएमा वा कुनै कोभिड भएको व्यक्तिसँग भेटघाट गरेको भएमा तथा कतै यात्रा गरेको भएमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला ।

    पीसीआर पोजिटिभ हुँदैमा आत्तिनु पर्दैन । तापक्रम ९९.५ भन्दा माथि भएमा पारासिटामोल खान सकिन्छ । खोकी लागेमा एलर्जीको औषधि खान सकिन्छ । पखाला लागेमा प्रोबायोटिक खान सकिन्छ । जीवनजल पर्याप्त खानुपर्दछ ।

    परिवारमा एकजना संक्रमित भएमा सबैलाई संक्रमण सरेको अवस्था छ । सबै संक्रमित भएपनि आत्तिनु पर्दैन । लक्षण अनुसारका सामान्य औषधिले अधिकांश संक्रमितलाई निको हुन्छ । कोभिडले १० दिन केहि न केहि गाह्रो हुनसक्छ । यसको लागि मानसिक तयारी र संयम आवश्यक हुन्छ ।

    अक्सिजनको स्तर ९४ भन्दा माथि छ भने वा सास फेर्न गाह्रो भएको छैन भने कुनै चिकित्सकको सल्लाह अनुसार घरमै उपचार गर्न सकिन्छ । अस्पताल जानु पर्दैन ।

    अक्सिजन ९० भन्दा माथि छ भने घोप्टो परेर सुत्ने तथा कोभिड अस्पतालको फिभर क्लिनिकमा गएर छातीको एक्स रे गर्नुपर्दछ । त्यहाँ अक्सिजन, एक्सरे तथा जाँचबाट चिकित्सकले औषधि लेख्नुहुन्छ । त्यहि औषधि र सल्लाह अनुसार घरमै बसेर स्वास्थ्य लाभ गर्न सकिन्छ ।

    कस्तो अवस्थामा अस्पताल जाने ?

    यदि अक्सिजनको स्तर ९० बाट तल झर्यो भने, सास फेर्न गाह्रो भयो, शरीर सिथिल भयो तथा खान नसक्ने अवस्था आयो भने तुरुन्तै कोभिड अस्पतालमा जानुपर्दछ । भरे वा भोलि जान्छु भनेर पर्खिनु हुँदैन ।

    एक्सरे, सिटिस्क्यान आदिबाट तपाईलाई गम्भीर असर देखिएमा अस्पताल भर्ना हुनुपर्दछ । अस्पताल भर्ना भएपछि आत्तिनु पर्दैन, तपार्इंको अवस्था अनुसारको उपचार हुन्छ ।
    अक्सिजन सिलिन्डर किनेर घरमा अक्सिजन लगाएर बस्नु घातक हुन्छ । अक्सिजनको स्तर घट्ने निमोनिया लगायत छातीको खराबीले हो । त्यसको उपचार र अक्सिजन सँगसँगै चिकित्सकको निगरानीमा गर्नुपर्दछ ।

    संक्रमित हुँदैमा आईसीयू र भेन्टिलेटरको चिन्ता गर्नुपर्दैन । आईसीयू र भेन्टिलेटर प्याक हुने, खाली हुने क्रम चलिरहन्छ ।

    सोर्सफोर्स लगाएर आईसीयू र भेन्टिलेटर पाउन गाह्रो छ । खाली नभएसम्म धैर्यता गर्नुपर्दछ । आईसीयू वा भेन्टिलेटरबाट कुनै गम्भीर बिरामीलाई निकालेर अर्को व्यक्तिलाई राख्न मिल्दैन ।
    केन्द्रका अस्पतालमा धेरै चाप हुने भएकोले सहरबाट अलिकति बाहिरका मेडिकल कलेज वा अस्पतालमा जानु राम्रो हुन्छ । त्यहाँ बिरामीको चाप कम हुन्छ ।

    काठमाडौं बाहिरका अस्पतालमा पनि उपचार राम्रो छ । तसर्थ आफ्नो ठाउँको अस्पताल छोडेर काठमाडौं आउनु जरुरी हुँदैन । उपचारको गाइडलाइन उही नै हो ।

    आफूले उपचार गराएको अस्पतालमा आईसीयू वा भेन्टिलेटर छैन भने उक्त अस्पताललाई खाली भएको ठाउँ खोजेर पठाउन अनुरोध गर्नुपर्दछ । हामी आफैँले खाली आईसीयू पत्ता लगाउन गाह्रो हुन्छ । आईसीयू नपाएपनि चिकित्सक तथा नर्सको राम्रो केयर भयो भने अक्सिजन बेडमा पनि आईसीयू सरहको उपचार हुन्छ ।

    अहिले पनि ८५ प्रतिशत संक्रमितलाई घरमै बसेर निको भएको छ । १५ प्रतिशतलाई अस्पतालको सुबिधा आबश्यक देखिएको छ । ५ प्रतिशतलाई आईसीयूको आवश्यकता परेको छ । मृत्युदर १ प्रतिशत मात्र छ ।

    समाचार हेरेर र सुनेर आत्तिनु हुँदैन । मनोबल उच्च राख्नुपर्दछ । कोरोना लाग्दैमा मृत्यु हुँदैन ।

    पोषिलो खाना, हल्का व्यायाम, सकारात्मक सोच, स्वस्थ जीवनशैली तथा योजनापूर्वक कदम चाल्ने हो भने अस्पताल जानुपर्दैन ।

    सबैलाई थाहा नै छ, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने कोरोना संक्रमण सर्दैन ।
    (डा. पाण्डेको फेसबुकबाट)

    बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.